काठमाडौँ । अन्ततः राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
Advertisement
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि प्रतिनिधिसभाको बैठकबाट २०८२ साउन २७ गते मङ्गलबार उनले राजीनामा घोषणा गरेका हुन् ।
त्यस अवसरमा आफू दोषी नभए पनि राजीनामा दिएको उनले दाबी गरे ।
उनले भने– ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसी हाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’
काङ्ग्रेस सभापति शेरबहादुर देउबाले पर्दैन भन्दाभन्दै पनि आफूले राजीनामा दिएको उनको थप भनाइ थियो ।