बागलुङबजार । बागलुङका सात स्थानमा भ्र्रष्टाचारको विरुद्धमा सभा सम्पन्न भएको छ ।
२०८२ साउन २७ गते मङ्गलबार जिल्लाको बागलुङबजार, कुश्मिसेराबजार, अक्षेतेबजार, हटियाबजार, बुर्तिबाङबजार, बरेङबजार र झिवाखोलामा कार्यक्रम सम्पन्न भएका हुन् ।
राजमो बागलुङका अध्यक्ष तिलक थापाका अनुसार राजमो केन्द्रीय समितिको साउन २० देखि ३० गतेसम्म भ्रष्टाचारको विरुद्ध देशव्यापी सभा गर्ने निर्णयअनुसार बागलुङका आजका कार्यक्रम सम्पन्न भएका हुन् ।
बागलुङबजारको ट्राफिकचोकमा सम्पन्न विरोधसभालाई राजमो बागलुङका अध्यक्ष तिलक थापा र राजमो बागलुङ नगर समितिका अध्यक्ष थानेश्वर सुवेदीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो बागलुङका सल्लाहकार टेकबहादुर आरसीले गर्नुभएको थियो ।
जैमिनी नगरपालिका कुश्मिसेराबजारको कार्यक्रमका वक्ता राजमो बागलुङका सचिव भीमलाल पोखरेल र राजमो जैमिनी नगर समितिका अध्यक्ष दिलबहादुर श्रीस तथा सञ्चालन राजमो जिल्ला सदस्य ठाकुर शर्माको रहेको थियो ।
काठेखोला गाउँपालिकाको अक्षेतेबजारमा सम्पन्न कार्यक्रममा वक्ता राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी तथा सञ्चालन तुलवीर श्रीसको रहेको थियो ।
गलकोट नगरपालिकाको हटियाबजारमा सम्पन्न कार्यक्रममा वक्ताहरू राजमो बागलुङका सल्लाहकार भीमसेन वन, राजमो गलकोट नगर अध्यक्ष टङ्कबहादुर केसी, अखिल (छैठौं) का केन्द्रीय सदस्य कर्ण नेपाली हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य पदम श्रेष्ठको रहेको थियो ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङबजारमा आयोजित कार्यक्रमको वक्तामा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो जिल्ला कोषाध्यक्ष दीपक थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै तथा कार्यक्रमको सञ्चालन कुलबहादुर छन्त्यालले गर्नुभएको थियो ।
निसीखोला गाउँपालिकाको झिवाखोलाबजारमा सम्पन्न कार्यक्रममा वक्ता अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा र राजमो बागलुङका सदस्य थमन घर्ती हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन लालबहादुर सिँजालीले गर्नुभएको थियो ।
बरेङबजारमा आयोजित कार्यक्रममा राजमो बागलुङका जिल्ला सदस्य हीरा थापाले सम्बोधन गर्नुभएको थियो ।

