• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुडानको उत्तरी डार्फरमा शरणार्थी शिविरमा आक्रमण, ४० जनाको मृत्यु


  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
  • स्थानीय अधिकार समूहका अनुसार सुडानको अर्धसैनिक –यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले सोमबार उत्तरी डार्फर प्रान्तको राजधानी अल–फासेर बाहिरको अनिकालग्रस्त विस्थापित शिविरमा आक्रमण गरी ४० जनाको हत्या गरेको छ ।

    Advertisement

    अबु सुक विस्थापन शिविरमा काम गर्ने इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले फेसबुकमा एक विज्ञप्तिमा सुडानी सेनासँग युद्धमा रहेको आरएसएफले शिविरका केही भागमा आक्रमण गरी नागरिकहरूलाई उनीहरूकै घरहरूमा निशाना बनाएको बताएको छ । सुडानभरि सहायता प्रदान गर्ने सामुदायिक कार्यकर्ता समूहले कम्तीमा १९ जना घाइते भएको बताएको छ ।

    करिब चार लाख ५० हजार विस्थापित मानिस बस्ने अल–फासेर बाहिरको अबु सुक विस्थापन शिविरमा युद्धका क्रममा बारम्बार आक्रमण गरिएको छ । आरएसएफले बारम्बार आक्रमण गरे तापनि सुडानी सेनाको एल–फासेरमाथि नियन्त्रण छ ।

    यसैबीच, अल–फासेरको प्रतिरोध समितिले आक्रमणको पुष्टि गर्दै फेसबुकमा उक्त दृश्यले ‘निर्दाेष, रक्षाविहीन मानिसहरू विरुद्ध गरिएको भयानक उल्लंघनको सीमालाई प्रतिबिम्बित गर्दछ’ भनी बताएको छ । प्रतिरोध समितिहरू समुदायका स्थानीय नागरिकहरूको समूह हो जसमा मानव अधिकारकर्मीहरू समावेश छन् ।

    येल विश्वविद्यालयको मानवीय अनुसन्धान प्रयोगशाला (एचआरएल) ले उपग्रह तस्बिरहरू पोस्ट गरी सोमबार अबु सुक शिविरमा ४० वटा सवारी साधन उपस्थित भएको देखाएको छ । आरएसएफको आक्रमणका रिपोर्टहरू पुष्टि गर्ने प्रयासमा, प्रयोगशालाले सवारी साधनहरू शिविरको उत्तरपश्चिमी इलाकामा रहेको बताइएको छ ।

    आफ्नो रिपोर्टमा येल एचआरएलले तस्बिरहरू र फुटेजहरू सङ्कलन र विश्लेषण गरेको बताएको छ । विश्लेषणले कथित रूपमा ‘आरएसएफले तिनीहरूबाट भागेर घस्रिरहेका मानिसहरूलाई गोली हानेको र जातीय अपशब्दहरू प्रयोग गरेको’ देखाउँछ ।

    समूहले शनिबार सङ्कलन गरेको अन्य उपग्रह तस्बिरहरूले स्पष्ट रूपमा आरएसएफले सहरको उत्तरमा अल–फासेरदेखि कुतुम सडकका विन्दुहरू र उत्तरी डार्फरको मेलिटको दिशामा खुलेको ठाउँमा नियन्त्रण गरेर अल–फासेरबाट भाग्न मानिसहरूले प्रयोग गर्ने मार्गहरू अवरुद्ध गरेको देखाएको छ ।

    सुडानमा सन् २०२३ अप्रिलमा राजधानी खार्तुममा गृहयुद्ध सुरु भयो र आरएसएफ र सेनाबीचको तनावपछि देशभरि यो गृहयुद्ध फैलियो । लडाइँले ४० हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, एक करोड २० लाखलाई विस्थापित गरेको छ र धेरैलाई अनिकालको किनारमा धकेलेको छ । मानवतावादीहरूका अनुसार अबु सुक शिविर कडा अनिकालको अवस्था भएका दुई शिविरमध्ये एक हो ।

    सुडानी सेनाले सोमबार अल–फासेरमा आरएसएफ लडाकुहरूसँग बिहान ६ बजे झडप सुरु भएको र दिउँसो समाप्त भएको बताएको छ । सामाजिक सञ्जालमा आफ्ना पोस्टअनुसार यसले अर्धसैनिक समूहलाई पराजित गरेको दाबी गरेको छ ।

    ‘हाम्रो सेनाले आतङ्कवादी मिलिसियाद्वारा धेरै अक्षहरूबाट ठूलो मात्रामा आक्रमणलाई भगाएको थियो र दुश्मनको जीवन र उपकरणमा भारी क्षति पु¥याएको थियो, किनकि १६ भन्दा बढी लडाकू सवारी साधन नष्ट गरियो र जलाइयो र बख्तरबन्द कारहरू सहित ३४ वटा सवारी साधन कब्जा गरियो’, सेनाले एक विज्ञप्तिमा दावी गरेको छ ।

    आरएसएफले सोमबार राति आफ्नो टेलिग्राम च्यानलमा थप विवरणहरू प्रदान नगरी एल–फासेरमा प्रगति गरेको र सैन्य उपकरणहरू जफत गरेको बताएको छ ।

    डार्फरका गभर्नर मिनी आर्काे मिनावीले फेसबुकमा सोमबारको लडाइँमा आरएसएफको स्पष्ट सन्दर्भमा अल–फासेरले आफ्नो भूमिको विश्वासघात गर्नेहरूमाथि विजय हासिल गरेको बताउनुभयो ।

    यसैबीच, सुडान डाक्टर नेटवर्कका अनुसार उत्तरी कोर्डाेफान प्रान्तमा आरएसएफमाथि अगस्टको सुरुदेखि लडाइँका कारण ६६ गाउँबाट तीन हजारभन्दा बढी परिवारलाई विस्थापित गरेको आरोप लगाइएको छ ।

    समूहले आरएसएफले ती मानिसहरूको सम्पत्ति लुटेको र उनीहरूको पैसा र गाईवस्तु चोरेको पनि बताएको छ । विस्थापितहरू गत हप्ता खार्तुम र ह्वाइट नाइल प्रान्तमा आइपुगेका थिए । संयुक्त राष्ट्रसंघको पछिल्लो अपडेटअनुसार प्रान्तका गाउँहरूमा हालै भएका आक्रमणहरूमा १८ जना सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् ।

    संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजारिकले सोमबार सुडानको ‘अत्यधिक गम्भीर अवस्था’ को चेतावनी दिनुभयो भने संयुक्त राष्ट्रसंघको मानवीय मामिला एजेन्सीका सञ्चालन र वकालत निर्देशक इडेम वोसोर्नमले अल–फासेरको अवस्थाबारे चेतावनी दिँदै केवल एक साताभित्र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश महिला र बालबालिकाहरू रहेको बताउनुभयो ।

    मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.