• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’


  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
  • बलेवा (बागलुङ) । काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ ।

    Advertisement

    अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ । ‘घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ’ कँडेलले भन्नुभयो, ‘बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका छौँ ।’ अत्यावश्यक भए पनि कतिपय तरकारी र फलफूल बजारबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

    बाँदरले नखाएकाले कँडेलजस्तै यहाँका किसानले सुन्तला बारीमा अदुवा लगाएको बताउनुभयो । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताउनुभयो । ‘भैँसी पाल्नेले एकैछिन बस्न पनि पाइँदैन, घर छाडेर कतै जान पनि पाइँदैन’, उहाँले भन्नुभयो, ‘बाँदर नियन्त्रणको कार्यक्रम नभई भएन, घरभित्रै पसेर पकाएको खानासमेत खाइदिए ।’

    काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन् । मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् । तर बाँदरबाट बच्न खेतीपातीमा परिवर्तन गरेको बताउनुभयो ।

    किसानले सुन्तला भने लगाएका छन् । दशैँतिहारको समय ख्याल गरेर जोगाउन सकेमा केही फाइदा लिन सकिने भएकाले सुन्तलाखेती गरेको किसानले बताए । सुन्तलाबाट वर्षमा लाखौँ कमाई गर्ने किसान बिहुँमा छन् । ‘यो सुन्तलाका लागि उपयोगी स्थान हो, हामीले पनि प्रोत्साहन गरेका छौँ, तर बाँदरबाट जोगाउन गाह्रो भयो भन्नुभएको छ’, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भन्नुभयो, ‘बजारीकरणमा सक्दो सहयोग गर्नेछौँ ।’ बाँदर आतङ्ककै कारण बाली नलगाउनेभन्दा संरक्षणमा ध्यान दिनेगरी किसानलाई सम्झाएको सिलवालको भनाइ छ ।

    गाईभैँसी पाल्नेलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु पाँच अनुदान दिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो । ‘नश्ल सुधार गरिएका भैँसी र गाईको दूधमा अनुदान दिएर किसानलाई निरास हुनबाट बचाउने प्रयास गरेका छौँ’, सापकोटाले भन्नुभयो, ‘बाँदरको स्थायी समाधान नभए पनि पशुपालनमा भने किसानको आर्कषण छ ।’

    बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले पनि कृषि फसल भित्र्याउन बाँदर आतङ्कले नसकेको र नियन्त्रण गर्न नसकेर हैरान भएको सुनाउनुभयो । उहाँले त सुन्तलासमेत जोगाउन नसकेको गुनासो गर्नुभयो । ‘हेरालो राखेर पनि नसकिने रहेछ, बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल लगाएर किसान बाँच्न गाह्रो भइसक्यो’, बाँदरबाट बाली जोगाउन राज्यले पहल गर्नुपर्ने बताउनुयभो ।

    बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङ्खानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । काठेखोला गाउँपालिका–५ कै करलिम बस्ती पनि रित्तोजस्तै भइसकेको हो ।

    पेसा फेरेर दूध उत्पादनमा लागेका किसानको पनि गुनासो बढी छ । लागत र दुःख धेरै भएकाले नाफा कमाउन नसकिने कँडेलले बताउनुभयो । ‘एउटै भैँसीलाई रु दुई लाखसम्म पर्छ, दुई वर्षसम्म लगातार दूध बेच्न सकिएन भने लगानी उठ्दैन’, उहाँले भन्नुभयो । गाईभैसी पालेका किसानले एक दिन घर छाड्न पनि नपाएको उहाँको गुनासो छ । किसानले दूधमा उचित बजार पनि नपाएको गुनासो गर्नुभयो ।

    वैकल्पिक बाटो रोजेका किसानलाई उत्पादनमा प्रोत्साहन गर्न बजारीकरण तथा यान्त्रिकीकरणमा साथ दिने सापकोटाले बताउनुभयो । अवस्थाअनुसारको उत्पादन गरेर आत्मनिर्भर बन्ने बाटो खोज्न लगाएको उहाँले बताउनुभयो । दूधको मूल्य बढाउनेबारेमा भने अहिले निर्णय नभएको उहाँको भनाइ छ । मकैको साटो साइलेज घाँस लगाएर थप आम्दानी गर्न सकिने सापकोटाको सुझाव छ ।

    जैमिनी–८ का रघुनाथ पौडेलले पनि परम्परागत खेती छाडेर मौरी र भैँसी पाल्न थाल्नुभएको छ । बजार टाढा भएकाले दूध समयमा पठाउन उहाँलाई सास्ती छ । तर पनि खेती जोगाउन नसकेपछि पौडेलले बारीमा घाँस लगाउनुभएको छ ।

    मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.