• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

संयुक्त राष्ट्रसंघका अधिकांश सदस्य राष्ट्रद्वारा प्यालेस्टाइनलाई मान्यता दिने तयारी


  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
  • संयुक्त राष्ट्रसंघका अधिकांश सदस्य राष्ट्रहरूले छिटै प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएका छन् । सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा यस विषयलाई पुर्णता दिने अष्ट्रेलियाले सोमबार जनाएको छ ।

    Advertisement

    सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी अतिवादीसमूहको आक्रमणपछि गाजामा भड्किएको इजरायल–हमास युद्धले प्यालेस्टाइनलाई छुटै राज्यको मान्यता दिन विश्वव्यापी दबाब बढेको छ ।

    संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये कम्तीमा १४५ तथा फ्रान्स, क्यानडा र बेलायतसहितका राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएको एएफपीले जनाएको छ ।

    –प्यालेस्टाइनको इतिहास–

    सन् १९८८ नोभेम्बर १५ मा प्यालेस्टिनी नेता यासेर अराफातले एकतर्फी रूपमा जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्यको घोषणा गर्नुभएको थियो ।

    अल्जियर्समा निर्वासित उहाँले प्यालेस्टिनी राष्ट्रिय परिषद्को बैठकमा स्वतन्त्र प्यालेस्टिनी राज्यको घोषणा गरेपछि आधिकारिक रूपमा स्वतन्त्र प्यालेस्टिनी राज्यलाई अल्जेरियाले तत्काल मान्यता दिएको थियो ।

    यसलगतै भारत, टर्की, अफ्रिकाका अधिकांश देश र धेरै मध्य र पूर्वी युरोपेली देश अरब राष्ट्रहरूसहित दर्जनौँ अन्य देशहरूले पनि यसको अनुशरण गरेका थिए।

    सन् २०१० को अन्त्य र सन् २०११ को प्रारम्भमा मध्यपूर्व शान्ति प्रक्रियाका लागि संकटको समयमा मान्यताको अर्को लहर आएको थियो ।

    अर्जेन्टिना, ब्राजिल र चिलीलगायत दक्षिण अमेरिकी देशहरूले प्यालेस्टिनीहरूले आफ्नो राज्यको दाबीलाई समर्थन गर्ने आह्वानको जवाफ दिएका थिए ।

    –राष्ट्रसंघद्वारा मान्यता–

    सन् २०११ मा शान्ति वार्ता ठप्प भएपछि प्यालेस्टिनीहरूले संयुक्त राष्ट्रको पूर्ण सदस्यताका लागि अभियान अगाडि बढाए ।

    यद्यपि खोज असफल भयो, तर त्यस वर्षको अक्टोबर ३१ मा संयुक्त राष्ट्रसंघीय शैैक्षिक, वैज्ञानिक र सांस्कृतिकमामिला हेर्नै संस्था (युनेस्को)ले प्यालेस्टिनीहरूलाई पूर्ण सदस्यको रूपमा स्वीकार गर्न गरेको मतदान उनीहरुको पक्षमा आयो ।

    सन् २०१२ नोभेम्बरमा प्यालेस्टिनीहरूको स्थितिलाई ‘गैर–सदस्यीय पर्यवेक्षक राज्य’ मा स्तरोन्नति गर्न महासभाले मतदान गरेपछि न्यूयोर्कमा संयुक्त राष्ट्रसंघमा पहिलो पटक प्यालेस्टाइनले आफ्नो देशको झण्डा फहराएको थियो ।

    तीन वर्षपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि प्यालेस्टाइनलाई छुटटै राज्यको रूपमा स्वीकार ग¥यो । सन् २०२३ अक्टुबर ७ मा गाजामा इजरायलको आक्रमणले प्यालेस्टिनी राज्यको समर्थनको विषयलाई तीव्र बनाएको छ ।

    क्यारेबियाली देशहरू जमैका, ट्रिनिडाड एण्ड टोबागो, बार्बाडोस, बहामास र अर्मेनियाले सन् २०२४ मा यस विषयमा कूटनीतिक कदम चालेका थिए । यसैगरी नर्वे, स्पेन, आयरल्याण्ड र स्लोभेनियालगायत युरोपेली संघका सदस्यहरूले पनि सोही प्रक्रिया अवलम्वन गरे ।

    पोल्याण्ड, बुल्गेरिया र रोमानियाजस्ता अन्य सदस्य राष्ट्रहरूले युरोपेली सङ्घमा सामेल हुनुभन्दा अघि नै सन् १९८८ मा मान्यता दिएका थिए । अर्काेतर्फ हंगेरी र चेक गणतन्त्रजस्ता केही देशहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिन मानिरहेका छैनन् ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार संयुक्त राष्ट्रसंघीय महासभामा अस्ट्रेलियाले प्यालेस्टनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताउनुभएको छ ।

    फ्रान्सले गत महिना सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिन चाहेको बताएको थियो भने बेलायतले गाजामा युद्धविराम नगरेसम्म यो सम्भव नरहने बताएको थियो ।

    क्यानडाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएको प्रधानमन्त्री मार्क कार्नीले बताउनुभएको छ । औपचारिक रूपमा मान्यता व्यक्त गर्न सक्ने अन्य देशहरूमध्ये माल्टा, फिनल्याण्ड र पोर्चुगलले पनि सम्भावना रहेको बताएका छन् ।

    सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.