• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध


  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
  • बैतडी । लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन् । वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारीचालकहरूले बताएका छन् ।

    Advertisement

    ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । सडकहरू स्तरोन्नति नहुँदा निकै जोखिम पनि छ ।’

    जिल्लाको सतबाँझ–सुर्नया सडकमा स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ । तर वर्षातको समयमा उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारीसाधन सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरूले बताएका छन् ।

    जिल्लाको पुर्चाैंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ । वर्षातको समयमा ठूलो बसहरू सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन् ।

    जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत वर्षातको समयमा सवारीसाधन चलाउन मुस्किल हुने गरेको सवारीचालकहरूले बताएका छन् । देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वरलगायत सडकमा वर्षातको समयमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । यसका साथै पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनशेरीमाडौँ सडक, देहीमाडाँै–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक पनि वर्षाका कारण अवरुद्ध छन् ।

    वर्षातले ग्रामीण सडक ठाउँठाउँमा भत्किएकाले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परिरहेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुने र पहिरोको समेत डर हुने गरेको छ । जोखिम मोलेर सवारी चलाउनुपर्छ ।’

    ग्रामीण कच्ची सडकहरू पूर्ण रूपमा सञ्चालन नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन् । जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेका छन् । कच्ची सडकहरूमा वर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् ।

    कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रहेको दोगडाकेदार–१ रिमका हरिस साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री आकस्मिक कामका लागि जानुपरेमा ढुवानीमा समस्या हुने गरेको छ ।’

    सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.