• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भ्रष्टाचार निरुत्साहित गर्नमा राजमो जनप्रतिनिधिको योगदान छ : ढुङ्गाना (भिडियो अन्तर्वार्ता)


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुगानाले भ्रष्टाचार निरुत्साहित गर्नमा राजमोका जनप्रतिनिधिको योगदान रहेको दाबी गर्नुभएको छ ।

    युगदर्शन मिडियालाई २०८२ साउन २५ गते आइतबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो दाबी गर्नुभएको हो ।

    उहाँले भन्नुभयो– ‘भ्रष्टाचार नियन्त्रण र निरुत्साहन गर्नमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको योगदान छ ।’

    राजमोको नेतृत्व रहेका पालिका भ्रष्टाचार न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा स्वास्थ्यजस्ता क्षेत्रको कार्यसम्पादनमा अब्वल रहेको उहाँको दाबी थियो ।

    त्यस क्रममा उहाँले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले लिजा प्रतिवेदनमा प्रथम स्थान हासिल गरेको, बरेङ गाउँपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा प्रथम स्थानमा रहेको, जैमिनी नगरपालिका राजस्व चुहावट, भ्रष्टाचार नियन्त्रण, कृषिमा आत्मनिर्भरता र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा उदाहरणीय रहेको उहाँको भनाइ थियो ।

    त्यस क्रममा राजमोको नेतृत्व रहेका बागलुङ, प्युठान र अर्घाखाँचीका पालिकामा बेरुजु अन्यत्रभन्दा कम रहेको उहाँको दाबी थियो ।

    यही साउन २० गतेदेखि २७ गतेसम्म राजमोले भ्रष्टाचारको विरुद्धमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको सन्दर्भ जोड्दै उहाँले राजमो केन्द्रीय कार्यालयले देशैभरिका भ्रष्टाचारसम्बन्धी प्रतिवेदन तयार पारेकोसमेत जानकारी दिनुभयो ।

    कर्मचारीतन्त्र भ्रष्ट

    अन्तर्वार्ताको क्रममा नेता ढुङ्गानाले देशका कर्मचारीतन्त्र भ्रष्ट भएकाले पनि भ्रष्टाचार बढिरहेको विचार व्यक्त गर्नुभयो ।

    ‘कर्मचारीतन्त्र ह्रस्व, दीर्घ र कमामा खेल्छ । कुलिङ पिरियड प्रकरणमा यसबारे प्रष्टै देखियो’ उहाँले भन्नुभयो– ‘ब्युरोक्रेसी नैतिकवान, चरित्रवान् भए भ्रष्टाचार रोकिन सक्छ ।’

    उहाँले भ्रष्ट कर्मचारीले जनप्रतिनिधिलाई पनि फसाउन सक्ने भएकाले राजनीतिक दलका नेता पनि इमानदार, उच्च नैतिकवान् र चरित्रवान् हुनुपर्ने बताउनुभयो ।

    जैमिनी नगरपालिकाको कार्यसम्पादन

    राजमो बागलुङका अध्यक्षसमेत रहिसक्नुभएका नेता ढुङ्गानाले जैमिनी नगरपालिकामा राजमोको कार्यशैलीबारे केही विस्तारमा चर्चा गर्नुभयो ।
    ‘जैमिनी नगरपालिकामा राजमोबाट निर्वाचित मेयरले पालिकाले दिने सुविधाबाहेक केही लिनुभएको छैन’ उहाँले भन्नुभयो– ‘मेयरले अहिलेसम्म एनजिओलगायत विभिन्न सङ्घसंस्थाबाट बैठकभत्ता वा अन्य कुनै पनि आय लिनुभएको छैन ।’

    जैमिनीका मेयरको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो– ‘जब राज्यलेले जीविकोपार्जनका लागि आयश्रोतको व्यवस्था गरिदिएको छ भने अन्यत्रका किन रकम बुझ्ने ?’

    यस क्रममा जैमिनीका मेयरले खाना पकाउने भान्छे नराखेको, खालि ड्राइभर मात्रै राखेको, महिनाभरिका लागि छुट्याइएको ९० लिटर तेल मात्रै उहाँले प्रयोग गरेको र निजी काममा पालिकाको वाहन प्रयोग नगर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै, जैमिनी पालिकाले किसानलाई आत्मनिर्भर बनाउन कृषि एम्बुलेन्समार्फत् कृषिउपज खरिद गरी विक्रीवितरण गरेको, हलगोरु पाल्नेलाई अनुदान दिएको र दीर्घरोगीलाई विभिन्न स्वास्थ्यसुविधा दिएको उहाँको दाबी थियो ।

    नेता ढुङ्गानाले बागलुङका काठेखोला र बडिगाड गाउँपालिकाका उपाध्यक्षले अध्यक्षसित टसल नगरीकन काम गरेको बताउनुभयो ।

    सोही स्थिति प्युठानका राजमोले जितेका पालिकाको पनि भएको उहाँले जानकारी दिनुभयो ।

    बागलुङमा राजमोको सङ्गठन

    अन्तर्वार्ताको क्रममा उहाँले बागलुङमा राजमोको व्यापक जनमत रहेको दाबी गर्नुभयो ।

    ‘सत्ता र शक्ति प्रयोग गरेर हामी र हामीलाई समर्थन गर्ने जनतामािथ आक्रमण गरिन्छ, हामीलाई घेराबन्दी गरिन्छ’ उहाँले भन्नुभयो– ‘तर पनि बागलुङका जनताले हामीलाई साथ दिइरहेका छन् । त्यसका लागि बागलुङे जनतालाई म स्यालुट गर्न चाहान्छु ।’

    राज्य र माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वका बेला आफूहरू मात्रै गाउँमा बाँकी रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘त्यतिखेर हामीले राज्य र माओवादीको ज्यादतीबाट जनतालाई बचाएका थियौँ । त्यति बेला बागलुङे जनता लाइन लागेर राजमोको सदस्यता लिने गर्दथे ।’

    उहाँले थप्नुभयो– ‘अहिले पनि पार्टीले आह्वान गर्ने आन्दोलनको अग्रपङ्क्तिमा उभिने जनशक्ति बागलुङमा तयार छ ।

    भदौको बैठकले वार्षिक कार्यक्रम तय गर्ने

    नेता ढुङ्गानाले आगामी भदौ २० र २१ गते राजमोको केन्द्रीय समितिको बैठक बस्ने र त्यसले वार्षिक कार्यक्रम बनाउने बताउनुभयो ।

    राजमोको राष्ट्रिय सम्मेलन गर्ने मिति नजिकिँदै आइरहेकाले त्यसको तयारीमा सो बैठक केन्द्रित रहने उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘राष्ट्रिय सम्मेलनको तयारीसँगै विभिन्न सङ्घर्षको कार्यक्रम समेटेर हामीले वार्षिक कार्ययोजना बनाउनेछौँ ।’

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=RuewND1v5_A वाच गर्न अनुरोध गरिन्छ)

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.