• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा


  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित
  • वीरगञ्ज (पर्सा) । बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान मर्कामा परेका छन् । पर्सा, बारा र रौतहटका दक्षिणीभेगका किसान सिँचाइका लागि गण्डक नहरमा आश्रित छन् ।

    Advertisement

    मधेस प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै बाराका किसानले नहरको किनारा आफूखसी भत्काएर उत्तरतर्फ पानी लगेपछि समस्या देखिएको हो । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले बाराको फेटाबजार नजिकै डेढ किलोमिटरको दुरीमा पछिल्लो एक महिनामा चार पटक गण्डक नहरको संरचना भत्काएर उत्तरतर्फ पानी लगेको भेटिएको बताउनुभयो ।

    ‘गण्डक नहरको किनारा भत्काएर पानी लैजानेलाई कारबाहीका लागि बाराका स्थानीय प्रशासन तथा प्रहरीमा उजुरी दिँदै आइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘नहरको किनाराको संरचना भत्काएर बिगार्नेको पहिचान अहिलेसम्म हुन सकेको छैन ।’

    कार्यालय प्रमुख पटेलले नहरको किनारा काटेसँगै रौतहटको बङ्कुलसम्म पानी पुग्नका लागि अवरोध हुँदै आइरहेको बताउनुभयो । ‘गण्डक नहरको पानी पर्सा, बारा र रौतहटसम्मका दक्षिणीभेगतर्फ सिँञ्चित हुने गर्छ, बाराको फेटाबजार नजिकै नहरको किनारा भत्काइदिएपछि भने रौतहटका किसानलाई समस्या भएको छ, उहाँले भन्नुभयो ।

    कार्यालयका अनुसार आइतबारदेखि मङ्गलबारसम्म पर्सा जिल्लामा पानी वितरण गरिन्छ भने बुधबारदेखि शनिबारसम्म भने बारा र रौतहटका किसानलाई पानी वितरण गरिँदै आइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० वसन्त अधिकारीले बाराको बसन्तपुरमा गण्डक नहरको किनारा भत्काउनेको खोजी भइरहेको जानकारी दिनुभयो ।

    प्रजिअ अधिकारीले गण्डक नहरका कर्मचारी र प्रहरीसँग समन्वय भइरहेको बताउनुभयो । “बारा र रौतहटमा पानीको पालो लगाउने समयमा नहरको किनारा काट्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “गण्डक नहरसँगै साइफन पनि रहेको छ । साइफनतर्फबाट दक्षिणतर्फ पानी बगाएर भारततर्फ पनि पानी लैजाने गरेको देखिएको छ । सो कार्य नियन्त्रणका लागि आवश्यक पहलकदमी भइरहेको छ ।”

    गण्डक नहरमा ७०० क्युसेक पानी
    भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौता अनुसारको गण्डक नहरमा पानी उपलब्ध नगराउँदा सो नहरबाट सिँचाइ हुने पर्सा–बारा र रौतहटका किसान प्रभावित छन् । भारतीय पक्षले पछिल्लो समय भने नहर पर्याप्त मात्रामा सरसफाइ नभएको भन्दै पूर्ण क्षमतामा पानी नआएकाले पनि सो अनुसारको उपलब्ध गराउन नसकेको पत्राचार गरेको छ ।

    दोन नहर प्रमण्डल रामनगरका कार्यपालक अभियान्ताका कार्यालयका विश्वास भाजनले यही अगष्ट ८ तारिखमा पठाएको पत्रमा गण्डकको मुख्य संरचना सरसफाइ नहुँदा क्षमताअनुसारको पानी उपलब्ध नभएकाले पनि कम पानी पठाइएको उल्लेख गरिएको छ ।

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले पछिल्लो एक सातादेखि गण्डक नहरमा भारतीय पक्षले सात सय क्यूसेक पानी उपलब्ध गराउँदै आइरहेको जानकारी दिनुभयो । “सम्झौताअनुसार ८५० क्यूसेक पानी उपलब्ध हुनुपर्ने भए पनि अहिले पछिल्लो एक सातादेखि गण्डक नहरमा ७०० क्यूसेक पानी उपलब्ध हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “नेपालको तर्फबाट चौतर्फी दबाब बढाएपछि मात्रै भारतीय पक्षले ७०० क्यूसेक पनि उपलब्ध गराउन थालेको हो ।”

    कार्यालय प्रमुख पटेलले गण्डक नहरबाट सिञ्चित हुने पर्सा र बाराका खेतमा पर्याप्त पानी पुगेपनि रौतहटमा भने पुग्न नसकेको बताउनुभयो ।

    नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो । सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्र्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो ।

    सो सिँचाइ योजनाअन्तर्गत पर्सा, बारा र रौतहटको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टरमा सिँचाइका लागि भारतीय पक्षले नेपालका लागि ८५० क्यूसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो । गण्डक नहर भारतीय भूमि हुँदै नेपाल–भारतको सीमाक्षेत्र जानकी टोलाहुँदै पर्सामा पानी भित्रिने गर्छ ।

    आइतबार, साउन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.