जमुना शर्मा
वर्षदिनको चाडमा छैन मनमा चइन
तिजका गित सुन्दा मनमा खुसी भएन
कता गयो हाम्रो चलन कता गयो मर्म
रेडियो र टिभी खोल्न भयो सरम
मोबाइल खोल्दा युटुब र फेसबुकको वालमा
छाडा गीत र नृत्य बज्छन् बेसुर तालमा
नसकिने सपरिवार बसी सुन्न हेर्नी
यस्ता गीत निकाल्निलाई कारबाही नहुनी
पश्चिमी संस्कार र संस्कृति देखा’का
आफ्नो चलन कलाकारले किन भुलेका
नजर किन जाँदैन सरकारको आँखामा
विकृति ल्याउँदाखेरी तिजको भाकामा
महिनौँदिन दर खानी पार्टीप्यालेस धाएर
दिनैपिच्छे नयाँ नयाँ पोसाक लाएर
मदिरा र धूमपान माछामासु के खाने
गहना र लुगाको फेसन देखाउने
चेली र माइतीबिचको सुमधुर सम्बन्ध
कथा र व्यथाहरू भय अलपत्र
मौलिक गीत र भेषभूषा बिर्सिएर छाडेका
इज्जतिलो साडीचोली लाउन भुलेका
बजारका गीतमा मौलिकता छुटेको
कला र संस्कृतिलाई चट्टै भुलेका
धमिलो भो कलाकारको गौरव र सान पनि
उत्ताउलो भो नारीको स्वाभिमान पनि
कलाकार, प्रतिष्ठान र सरकारको ध्यान
छाडा गीतका सर्जकलाई कारबाहीको माग
हट्नैपर्छ औँशीको रात सुनौलो घामले
आफ्नो संस्कार बचाऊँ भन्छिन् नेपालआमाले

