काठमाडौँ। नेपालको मध्य–पहाडी क्षेत्रमा पाइने सुगन्धित मसला सिलटिमुरको माग युरोप, अमेरिका र जापानजस्ता अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढेको छ। यसको अनुपम स्वाद र औषधीय गुणका कारण विश्व बजारमा चर्चा कमाएको सिलटिमुर नेपाली किसानका लागि महत्वपूर्ण नगदे बाली बन्ने अवसर सिर्जना भएको छ।
Advertisement
परम्परागत रूपमा पेट र दाँतको दुखाइ कम गर्न प्रयोग गरिने सिलटिमुरमा प्राकृतिक रूपमा दुखाइ कम गर्ने र एन्टिअक्सिडेन्ट तत्वहरू पाइन्छन् । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। यसबाट निकालिने सुगन्धित तेल अत्तर र सौन्दर्य सामग्रीमा प्रयोग हुने हुँदा यसको मूल्य उच्च रहेको छ।
नेपालमा भने यसको प्रयोग र महत्व घट्दै जाँदा खेर गैरहेको सिलटिमुरको व्यवस्थित खेती र बजारीकरण गर्न सके यसले हजारौं किसानको जीवनस्तर सुधार्दै देशको निर्यात व्यापारमा समेत टेवा पुर्याउने देखिन्छ ।