काठमाडौं ।अर्घाखाँचीमा मंगलबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको स्वाव परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
Advertisement
भारतको मुम्बइबाट जेठ १४ गते आएका उनी क्वारेन्टिनमै बस्ने क्रममा बिरामी भएपछि जेठ २३ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।
त्यहाँबाट फर्कने क्रममा गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको हो।