काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले भ्रष्टाचारको विरुद्धमा सभा सम्पन्न गर्ने भएको छ ।
Advertisement
२०८२ साउन २४ गते शनिबार दिउसो ११ बजेतिर चाबहिल चोकमा सो कार्यक्रम आयोजना गरिएको हो ।
राजमो काठमाडौँका सचिव छवि खनालले दिनुभएको जानकारीअनुसार केन्द्रीय समितिले साउन २० गतेदेखि भ्रष्टाचार विरुद्धको कार्यक्रम घोषणा गरेको छ । सोही निर्णयअनुरूप राजमो काठमाडौँले कार्यक्रम गर्न थालेको हो ।
कार्यक्रममा राजमोका केन्द्रीयस्तरका वक्ताले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो ।