• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनताका बिचमा कम्युनिस्ट पार्टीको उपस्थिति


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    कम्युनिस्ट विचारधाराको मुख्य सार हो– उत्पीडनविहीन, समान र न्यायपूर्ण समाज निर्माण । नेपालमा कम्युनिस्ट पार्टीले दशकौँदेखि यही लक्ष्यलाई मार्गदर्शन मानेर जनतामाझ काम गर्दै आएका छन् । मजदुर, किसान, गरिब, सीमान्तकृत र आवाजविहीन जनसमुदायको आवाज बुलन्द गर्दै उनीहरूका जीवनमा परिवर्तन ल्याउने यात्रामा कम्युनिस्ट आन्दोलनले गहिरो प्रभाव छोडेको छ ।

    कम्युनिस्ट पार्टीले जनस्तरसँग जोडिने काम गाउँबस्तीका हरेक कुनासम्म पुगेर गर्नुपर्दछ । सङ्गठनको संरचना टोल, वडा, गाउँ, जिल्ला र राष्ट्रिय तहसम्म फैलिएको हुनुपर्दछ, जसले गर्दा सिधै जनतासँग संवाद कायम गर्न सहज हुन्छ । हरेक वडामा सक्रिय कार्यकर्ताले गाउँका समस्या बुझ्ने, समाधानको पहल गर्ने र जनताको प्रतिनिधित्व गर्ने कार्यमा निरन्तर लागिपरेर मात्र पार्टीको जनआधार बलियो बनाउन सकिन्छ । जनताबिच पार्टीको उपस्थिति केवल नारामा सीमित हैन, यो त व्यवहार, सेवा, अभियान र विश्वासको रूपमै प्रकट हुनुपर्दछ ।

    कम्युनिस्ट पार्टीले स्थापना गरेका जनसङ्गठन; जस्तै : महिला सङ्गठन, युवा सङ्गठन, विद्यार्थी सङ्गठन, श्रमिक सङ्गठन, किसान सङ्गठन, दलित सङ्गठन आदि जनतालाई सचेत बनाउने, सङ्गठित बनाउने र नेतृत्वका लागि सक्षम बनाउने माध्यम हुन । यिनीहरू नै जनताका खास प्रतिनिधि हुन । यी सङ्गठनमार्फत धेरै महिलालाई राजनीतिक रूपमा सचेत गराउने, युवाले सामाजिक काममा अगुवाइ गर्ने, किसानले सामूहिक कृषि सुरु गर्ने र मजदुरले आफ्नो अधिकारको लडाइँमा एकता देखाउने कार्य हुन्छ । हिजो बोल्न पनि डराउने समुदाय आज सभासेमिनारमा खुलस्त बोलिरहेका छन् । यो परिवर्तन केवल नारा वा योजना होइन, दशकौँको निरन्तर अभ्यास र सघन जनसम्पर्कबाट आएको हो । त्यसमा निरन्तरताका साथै अझै जोड दिन जरुरी छ ।

    कम्युनिस्ट पार्टीको प्रमुख उपलब्धि भनेको जनचेतना अभिवृद्धि हो । गाउँगाउँमा अध्ययन चक्र, भेला, सचेतना कार्यक्रम र प्रशिक्षण गरिँदा हजारौँ जनताले राजनीति, संविधान, अधिकार, समानता र न्यायबारे बुझ्न सक्छन् । गाउँले महिला, दलित र मजदुरसमेतले राजनीति, शिक्षा, स्वामित्व, अधिकार र नेतृत्वका हकबारे स्पष्ट आवाज उठाउन पार्टीको यही निरन्तर चेतनामूलक कामले देशभर जनसचेतना नागरिकको वर्ग तयार गर्न मदत गरेको हुन्छ । यसलाई अझ घनीभूत र व्यवस्थित गर्दै जानुपर्दछ ।

    कम्युनिस्ट कार्यकर्ताहरू जनताको दुःखसुखमा सधैँ सँगै देखिनुपर्दछ । जन्म, विवाह, मृत्यु, बिरामी, बाढी, आगलागी वा कुनै बिपत्, जहाँ जनताको पीडा हुन्छ, त्यहीँ पार्टीको उपस्थिति देखिनुपर्दछ । सहयोग सङ्कलन, राहत वितरण र आवश्यकताअनुसार श्रमदान, स्वयम्सेवा वा उपचारसम्मको पहुँचमा कम्युनिस्ट कार्यकर्ताले अग्रसरता देखाउनुपर्दछ । धेरै ठाउँमा त पार्टीकै अगुवाइमा बस्तीमा खानेपानी योजना, विद्यालयको पर्खाल, सामुदायिक भवन, सामूहिक सिँचाइ वा बाटो मर्मत, विपन्नका आवास निर्माण आदि गर्नुपर्दछ ।

    कम्युनिस्ट आन्दोलनले महिला, युवा र दलित समुदायको नेतृत्व विकासमा विशेष जोड दिनुपर्दछ । महिला मात्र सदस्य हैनन्, उनीहरूलाई सङ्गठनको नेतृत्वदेखि नीतिनिर्माण तहमा पुर्याउनुपर्दछ । त्यसका लागि उनीहरूका आधारभूत समस्यासित जोडिएर सङ्गठित गर्दै नेतृत्व विकास गराउनुपर्दछ । युवाहरूले नेतृत्व विकासका प्रशिक्षण गरेर स्थानीय राजनीतिक र स्थानीय सामाजिक विकासमा अगुवाइ गरेर जनताको भरोसाको केन्द्र बन्नुपर्दछ । दलित समुदायका धेरै व्यक्ति, जो पहिले मुख नखोल्ने अवस्था थिए, अहिले गाउँभरिको भेलामा भाषण गरिरहेका छन्; चुनाव लडिरहेका छन् नेतृत्व गरिरहेका छन् । यो कम्युनिस्ट पार्टीको असली कामको परिणाम हो । शक्ति बाँडफाँड होइन, शक्ति सिर्जना र वितरण हो । त्यसलाइ अझै बढाउन र वर्गविभेद र वर्गपहिचानमा सचेत पार्नुपर्दछ ।

    कहिलेकाहीँ जनस्तरमै पार्टीले साँचो अर्थमा वैकल्पिक समाज निर्माणको अभ्यास गर्नुपर्दछ । केही क्षेत्रमा सामूहिक खेती, सामूहिक विद्यालय सञ्चालन, सामूहिक सहकारी वा सामूहिक वन व्यवस्थापनजस्ता कार्यक्रम चलाएर उत्पादनमूलक, श्रममैत्री र समान अवसरयुक्त समाजको रूप प्रस्तुत गर्नुपर्दछ । यी अभ्यासले जनतामा आत्मनिर्भरता, एकता र सामूहिक सोचको विकास गराउँछ । यो सबै कम्युनिस्ट अवधारणाबाट अगाडि बढेको हो । यसले नै कम्युनिस्ट पार्टीलाई जनतामा बिचमा स्थापित गर्दछ । यसलाई अझ परिस्कृत, व्यवस्थित र पारदर्शी गराउन कम्युनिस्ट सदस्य अग्रसर हुनुपर्दछ ।

    नेपालका हरेक महत्त्वपूर्ण राजनीतिक मोडमा कम्युनिस्ट पार्टी अग्रसर भएका छन् । चाहे त्यो आन्दोलन होस्, संविधान लेखन होस्, अन्धविश्वासका विरुद्ध जागरण ल्याउन होस्, सामाजिक विभेद र उत्पीडिनको अन्त्य गर्न नै किन नहोस्, सबै काममा कम्युनिस्ट पार्टीले जनताको पक्षबाटै आवाज उठाउनुपर्दछ । जनताको राजनीति, नेतृत्व र नीतिनिर्माणमा सहभागी बनाउने काम, जुन लामो समयसम्म केवल सहरी र धनी वर्गमा सीमित थियो, त्यो पहुँच आज गाउँका महिलादेखि मजदुरसम्म पुगेको छ, त्यसको कारण भनेकै कम्युनिस्ट आन्दोलनको प्रभाव हो । यसलाइ्र्र हामीले अझ धेरै विस्तार गर्नुपर्दछ ।

    कम्युनिस्ट पार्टी केवल सत्ताप्राप्ति वा चुनाव जित्ने संस्था होइनन्, ती त जनता स्वयम्को सङ्गठित स्वरूप हुन् । जब जनताले आफ्नो शक्ति, आवाज र सामूहिक सङ्गठनलाई पहिचान गर्न थाल्छ, तब समाज स्वतः परिवर्तन हुन थाल्छ । यही परिवर्तनकारी चेतनाको बिउ रोप्ने, हुर्काउने र जग बलियो बनाउने कार्यमा कम्युनिस्ट पार्टीको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहँदै आएको छ । यतिले मात्र पुग्ने हैन, हाम्रा भविष्यका रणनीतिक योजना सम्पन्न गर्नका लागि सङ्गठित र अनुशासित जनशक्ति निर्माण गर्दै जानुपर्दछ ।

    नेपालको ग्रामीण बस्ती, खोँच, पहाड, तराई, सहर, जहाँ–जहाँ जनताको समस्या छ, त्यहीँ त्यहीँ कम्युनिस्ट पार्टीको सशक्त उपस्थिति देखिनुपर्दछ । जागरणदेखि सङ्गठनसम्म, सेवाकार्यदेखि नेतृत्व विकाससम्म हरेक तहमा पार्टीको योगदान गहिरो र स्थायी पार्नुपर्दछ ।

    कम्युनिस्ट आन्दोलनले साँचो अर्थमा जनतालाई राजनीतिमा जोड्ने, उनीहरूलाई सशक्त बनाउने र देशनिर्माणको प्रक्रियामा सहभागी गराउने ऐतिहासिक कार्यभार बोकेको छ । यसैले जनताका बिचमा कम्युनिस्ट पार्टीको काम केवल राजनीतिक गतिविधि नभई त्यो त जनजीवनलाई उठाउने, बराबरी बनाउने र एकतामार्फत समृद्धिको बाटो देखाउने सङ्कल्प हो । त्यो सङ्कल्प पूरा गर्न अझै घनीभूत रूपमा लाग्न जरुरी छ ।

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.