अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भूमिकास्थान–१०, धनचौरका सल्लाहकार जेष्ठ कम्युनिस्ट सदस्य क. दन्डपाणी गैरेको निधन भएको छ । क. दन्डपाणीको आफ्नै निवास डडुवामा साउन २२ गते ८२ बर्षको उमेरमा दुःखद निधन भएको हो ।
उहाँको निधनले परिवारमा एक पिल्लर ढलेको छ, गैरे परिवारले एक जेष्ठ सदस्य गुमाएको छ भने राष्ट्रिय जनमोर्चा धनचौरले एक अभिभावक गुमाउनु पर्दा अत्यन्तै स्तब्ध बनाएको छ । साउन २३ गते गच्छेघाटमा राष्ट्रिय जनमोर्चाको नेता शेर बहादुर वि.सी.ले पार्टीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली दिएपछि उहाँको अन्तिम संस्कार गरिएको छ ।
उहाँको सम्मानमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको शोकसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी., जिल्ला सचिव बाबुराम पन्थी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी., भूमिकास्थान–१० का वडाध्यक्ष खगिश्वर पन्थी, वडा सदस्य जनकलाल गैरे, अन्टुकका तिलक भट्टराई, राष्ट्रिय जनमोर्चा धनचौरका सचिव भिमलाल भुसाल लगायतका व्यक्तित्वहरूले क. दन्डपाणीलाई श्रद्धाञ्जली दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले शोक मन्तव्य राख्दै मसालको संगठनात्मक पद्धतिमा जोडिएर धनचौरबाट उहाँले पुर्याएको योगदानको पार्टीले उच्च मूल्यांकन गरेको बताउनुभयो ।
प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव गोपाल भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

