कैलाली । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कैलालीले जगत प्रसाद जोशीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
Advertisement
जिल्ला सचिव मेर्जन बहादुर शाहीले समितिको तर्फदेखि वक्तव्य जारीगरी यस विषयमा जानकारी गराएका हुन्े । वक्तव्यमा उल्लेख भए अनुसार, हिजो आज विभिन्न सामाजिक सञ्जाल तथा केही मिडियाहरूमा जगत प्रसाद जोशीलाई राजमो कैलालीको अध्यक्ष बिरोधी संगठनमा प्रवेश गरेको भनि प्रचार प्रसार हुनु भ्रामक भएको जोड दिइएको छ । ॅश्रावण ३ गते राजमो कैलालीका तात्कालिन अध्यक्ष जगत प्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकमा निजले अध्यक्ष पदबाट राजीनामा दिनुभएको र सोही बैठकले उहाँको राजीनामा स्वीकृत गरी क. मिलन शाहीलाई अध्यक्ष चयन गरेको थियो ।’
वक्तव्यमा लेखिएको छः
“सबैका जानकारी लागि र हिजो आज विभिन्न सामाजिक सञ्जाल तथा केही मिडियाहरूमा जगत प्रसाद जोशीलार्ई राजमो कैलालीको अध्यक्ष बिरोधी संगठनमा प्रवेश गरेको भनि गरिएको र भएको भ्रामक प्रचारलाई स्पष्टपार्नका साथै सही सत्य विषय सबैका जानकारीमा ल्याउनका लागि यो विज्ञप्ती जारी गरिन्छ ।
मिति २०८२ श्रावण ३ गते राजमो कैलालीका तात्कालिन अध्यक्ष जगतप्रसाद जोशीको अध्यक्षताम बसेको बैठकमा निजले अध्यक्ष पदबाट राजीनामा दिनुभएको र सोही बैठकले उहाँको राजीनामा स्वीकृत गरी क. मिलन शाहीलाई अध्यक्ष चयन गरेको थियो । तत्पश्चात उहाँ राजमोको साधारण सदस्य मात्र हुनुहुन्थ्यो । त्यसैले जगत प्रसाद जोशी २०८२–०४–०३ को मितिदेखी राजमोको कुनै पनि जिम्मेवारीमा नरहेको र साधारण सदस्य मात्र रहनु भएको थियो । उहाँका पार्टी बिरोधी गतिविधिलाई मध्यनजर गर्दै आज मिति २०८२–०४–१९ गते राजमो कैलालीका जिल्ला अध्यक्ष क. मिलन शाहीको अध्यक्षतामा बसेको बैठकले जगत प्रसाद जोशीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको व्यहोरा जानकारी गराइन्छ ।”