विष्णु शर्मा (पान्डिचेरी)
पुरुष प्रधान मानसिकता जरैदेखि फालौँ है
प्रतिगामी सरकारलाई घेरा हालौँ है ।
यति कुरा जानकारी होस् महिला साथीमा
सरकारले बम राख्दैछ हाम्रो छातीमा।
बहुविवाहलाई वैधानिकता दिने चाल चाल्दैछ
महिला हकहित खोस्नलाइ जाल फाल्दैछ।
महिलालाई नै हकहित दिए जस्तो गरेर
नारी विरुद्ध आएको छ अघि सरेर।
गल्तीहरू रोक्नलाई कडा कानुन चाहिन्छ
गल्ती गर्ने कानुन ल्याउन कहाँ पाइन्छ ?
कारबाही नै हुनुपर्छ यस्ता बिचार ल्याउनेलाई
इतिहासलाई फर्काउन अघि आउनेलाई ।
बहुविवाहको निषेधले कति घरबार बचेका
पक्का अहिले कुन मन्त्री छन् यसमा फसेका।
तिनैलाई सिध्याउन हो यो विधेयक आएको
फर्काउ विधेयक छौ भने अन्न खाएको।
होइन भने हामीहरू आँधीबेहरी उठाउँछौँ
देशबिदेश गाउँशहर जनता जुटाउँछौँ।
उडाउने छौँ सरकारलाई नै आन्दोलनको हुरीले
यो अन्याय सहने छैनौँ कुनै नारीले ।
खबरदारी दिन्छौँ हामी सरकारमा बस्नेलाई
बाच्न दिन्नौँ आमा दिदीबहिनी डस्नेलाइँ।