• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘सरिता गिरीको संशोधन प्रस्ताव भारतीय साम्राज्यवादको खुला दलाली’


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । समाजवादी जनता दलकी सांसद सरिता गिरीले नेपाल सरकारले लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा र निशान छापसम्बन्धी संविधानमा संशोधन प्रस्ताव खारेज गर्न संसदमा प्रस्ताव दर्ता गरेर राष्ट्रघात गरेको नेकपा (मसाल) ले जनाएको छ ।

    Advertisement

    बुधबार एक वक्तव्य प्रकाशित गरी मसालका प्रवक्ता रामप्रकाश पुरीले गिरीको त्यो कार्यले उनलाई भारतीय दलालको रूपमा उभ्याइदिएको बताउनुभएको छ ।

    लिम्पियाधुरा नेपालको हो भन्ने कुरा आफूले स्वीकार नगर्ने बताउँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा निशान छाप सम्बन्धी संविधान संशोधन खारेज गर्न माग गर्दै संशोधनको प्रस्ताव दर्ता गराएकी छन् ।

    वक्तव्यमा प्रवक्ता पुरीले कालिकोटमा भएको टिपर दुर्घटना प्रति दुःख व्यक्त गर्दै नेपालमा पटकपटक हुने सडक दुर्घटनाका कारण पत्ता लगाउन र नियम कानुनको कडाईपूर्वक पालना गराउन माग गर्नुभएको छ ।

    वक्तव्यको पूर्ण पाठ :
    नेपाल सरकारले लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा र निशान छापसम्बन्धी संविधानमा संशोधन प्रस्ताव खारेज हुनुपर्छ भनी सरिता गिरीले संसदमा संशोधन दर्ता गराएको कार्यलाई हाम्रो पार्टीले गम्भीर राष्ट्रघाती कार्य मान्दछ । गिरीको त्यो कार्यले उनलाई भारतीय दलालको रूपमा उभ्याइदिएको छ । कालापानी, लिपूलेक र लिम्पियाधुरा नेपालको भूमि भएको कुरालाई ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नयाँ नक्सामा समावेश गरिएको कुरा स्पष्ट छ ।

    भारतीय साम्राज्यवादद्वारा नेपालको भूमिमाथि भएको अतिक्रमणका विरुद्ध नेपाली जनताले बिभिन्न प्रकारले सङ्घर्ष गरिरहेको परिप्रक्ष्यमा उक्त क्षेत्र नेपालको हो भन्ने कुनै प्रमाण नभएकोले नक्सा र निशान छापसम्बन्धी संविधान संशोधनको प्रस्ताव खारेज हुनुपर्छ भन्ने गिरीको संशोधन दर्ता भारतीय साम्राज्यवादको खुला दलाली हो । गिरीको त्यसप्रकारको राष्ट्रघाती कार्यको हाम्रो पार्टीले विरोध र भ्रत्र्सना गर्दछ ।

    कालिकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको, ६ जना वेपत्ता रहेको र १४ जना घाइते भएको समाचार सार्वजनिक भएका छन् । सो दुर्घटनाप्रति हाम्रो पार्टीले गम्भीर दुःख व्यक्त गर्दछ र वेपत्ता रहेकालाई शीघ्र खोजी गरी अवस्था पत्ता लगाउन हामी सरकारलाई जोड गर्दछौँ । उक्त टिपर दुर्घटनामा मृत्यु भएका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यसका साथै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूलाई उपचारको व्यवस्था गर्नका लागि हामीले सरकारसित माग गर्दछौँ ।

    नेपालमा पटकपटक सडक दुर्घटनासम्बन्धी सरकारको गम्भीर ध्यान गएको पाइँदैन । सडकको स्तर, सवारी साधनको अवस्था, चालकको मनःस्थिति, सडक सवारी ऐन–कानुन आदिबारे गम्भीर ध्यान नपुर्‍याइएकोले नै पटकपटक त्यसप्रकारले सवारी दुर्घटना हुने गरेका छन् । त्यसकारण यी सबै पक्षप्रति ध्यान दिंदै सवारी ऐन–कानुनलाई कडाइपूर्वक लागू गर्नका लागि हामी सरकारको ध्यान आकर्षण गर्दछौँ ।

    कालापानी नेपालको होइन भन्ने सांसदको भनाई आपत्तिजनकः मसाल

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.