• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कालापानी नेपालको होइन भन्ने सांसदको भनाई आपत्तिजनकः मसाल


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संविधान संशोधनमा बनेको एकता अतिक्रमित भूमि फिर्ता गर्दासम्म निरन्तर रहनुपर्ने बताएको छ । बुधबार एक वक्तव्य प्रकाशित गरी मसालले नेपालको निशान छापबारे संविधानमा संशोधन गर्नका लागि सरकारले ल्याएको प्रस्तावको स्वागत गरेको छ ।

    Advertisement

    लिपुलेक, कालापानी र लिम्पियाधुरा समेतको भारतले अक्रिमण गरेको भूमिलाई फर्काउन त्यही प्रकारको ऐक्यवद्धता कायम रहेमा ति भूभागलाई फर्काउन सफल हुने मसालले विश्वास लिएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा कतिपय सांसदहरूले कालापानी समेतको भूभाग नेपालको नभएर भारतको नै भएको भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति समेत प्रकट गरिएको छ ।

    यस्तै, मसालले वक्तव्यमा एमसीसीको खारेजी गर्न माग गरेको छ भने संघीयता खारेजीमा समेत जोड दिएको छ ।
    रुकुम पश्चिममा भएको जातीय हिंसा र अमेरिकामा एक जना काला जातीका मानिसको प्रहरी हिरासतमा भएको मृत्युप्रति पनि खेद प्रकट गर्दै मसालले त्यस विरुद्ध चलेका आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।

    यस्तो छ वक्तव्य :
    हिजो २०७७ जेठ २७ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यसले देशको तात्कालिक राजनीतिक स्थिति र समस्याहरूबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्नको लागि कैयौँ निर्णयहरू गरेको छ । तिनीहरूबारे जानकारी दिनको लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. नेपालको निशान छापबारे संविधानमा संशोधन गर्नका लागि सरकारले ल्याएको प्रस्तावमा सबै राजनीतिक पार्टी वा सङ्गठनहरूले समर्थन गरेको कार्यलाई हाम्रो पार्टीले स्वागत गर्दछ । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेतको भारतले अक्रिमण गरेको भूमिलाई फर्काउन त्यही प्रकारको ऐक्यवद्धता कायम रहेमा त्यसबाट उक्त भूभागहरूलाई फर्काउन हामीहरू सफल हुनेछौँ भन्ने कुरामा हामीलाई विश्वास छ । हाम्रा बीचमा विभिन्न राजनीतिक मतभेदहरूका बाबजुद देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि त्यसप्रकारको एकता कायम गर्न हामीले सबै राजनीतिक शक्तिहरू र सम्पूर्ण नेपाली जनतासित पनि अपील गर्दछौँ ।

    २. उक्त सन्दर्भमा कतिपय सांसदहरूले कालापानी समेतको भूभाग नेपालको नभएर भारतको नै भएको जुन अभिव्यक्ति दिएका छन्, उनीहरूको त्यसप्रकारको अभिव्यक्तिको हाम्रो पार्टीले तीव्र शब्दमा भत्र्सना गर्दछ ।

    ३. सङ्घीयताको खारेजीका लागि राष्ट्रिय जनमोर्चाले संविधानमा संशोधन गर्न राखेको प्रस्तावलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ । वास्तवमा सङ्घीयताका कारणले देशमा जातीय र क्षेत्रीय विग्रह बढ्दै जाने र राष्ट्रिय विखण्डन हुने गम्भीर खतरा छ । त्यसकारण सङ्घीयतालाई खारेज गर्न संसदभित्र र बाहिर व्यापक जनआन्दोलन र जनदवाव सिर्जना गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यसप्रकारको जनआन्दोलन र जनदवाव सिर्जना गर्नको लागि तथा अन्तमा सङ्घीयतालाई खारेज गर्नका लागि राष्ट्रिय जनमोर्चाले संसदमा राखेको संविधानमा संशोधनको प्रस्तावले महत्त्वपूर्ण आधार तयार पार्ने छ भन्ने कुरामा हामीलाई विश्वास छ ।

    ४. रङ्गभेदका विरुद्धको अमेरिकी जनताको आक्रोश र आन्दोलनलाई नेकपा (मसाल)ले दृढतापूर्वक समर्थन गर्दछ । त्यो आन्दोलनको प्रारम्भ हत्याका विरुद्धको घटनाबाट उठेको भएपनि मूल रूपमा त्यहाँ घर जमाएर बसेको त्यसप्रकारको रङ्गभेदी नीतिका विरुद्धको नै आन्दोलन हो र त्यो आन्दोलनसित हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ ।

    ५. रुकुममा घटेको हत्याकाण्डको विरुद्ध पनि नेकपा (मसाल)ले तीव्र शब्दमा रोष प्रकट गर्दछ र त्यो हत्याकाण्डबारे निष्पक्ष छानवीन गरी त्यो अपराधमा संलग्न व्यक्तिहरूका विरुद्ध कानुनअनुसार कडा कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यो घटना मूलरूपमा एउटा दलित जातिको युवकको उच्च जातकी युवतीसँगको प्रेमसित सम्बन्धित भएपनि मूल रूपमा त्यो घटनाका पछाडि हाम्रो समाजमा जरा हालेको जातीय भेदभाव वा छुवाछूत प्रथासित नै सम्बन्धित छ । त्यसकारण समाजमा विद्यमान त्यसप्रकारको जातीय भेदभावका विरुद्ध कानुन बनाउनुपर्ने र त्यसलाई कडाईपूर्वक लागू गर्नुपर्ने आवश्यकतामा पनि हामीले जोड दिन्छौँ ।

    ६. एमसीसीलाई पारित गराउन सरकारले योजनावद्ध प्रकारले षडयन्त्र गरिरहेको वास्तविकता प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षित भएको छ । त्यसका विरुद्ध देशव्यापी रूपमा चलेको आन्दोलनलाई हाम्रो पार्टीले स्वागत गर्दछ र त्यसलाई अरू व्यापक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यस सिलसिलामा नेकपा (मसाल) सहित दशवटा पार्टी वा सङ्गठनहरूका बीचमा संयुक्त आन्दोलन गर्न कायम भएको एकतालाई दृढतापूर्वक समर्थन गर्दछ ।

    ७. अहिले देशमा कोभिड १९ को सङ्क्रमण बढ्दै गइरहेको छ । सरकारको क्बारेन्टाइनमा बसेकाहरूलाई पीसीआर परीक्षण नगरिकन घरमा पठाउने नीतिका कारणले कोभिड १९ को सङ्क्रमण धेरै नै बढेर जाने र त्यसले महामारीको रूप लिने सम्भावना गम्भीर बनेको छ । सरकारको त्यसप्रकारको नीतिको कडा आलोचना गर्दै पीसीआरको परीक्षण बढाएर लैजानुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    ८. कोभिड १९ को सङ्क्रमण, क्बारेन्टाइन र त्यसको उपचारको सम्पूर्ण खर्च केन्द्रले व्यहोर्नु पर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । त्यति ठूलो खर्च व्यहोर्नु स्थानीय पालिकाहरूका लागि सम्भव छैन । स्थानीय पालिकाहरूलाई त्यसको सम्पूर्ण खर्चको बोझ दिंदा उनीहरूको सम्पूर्ण बजेट त्यसैमा खर्च हुने र उनीहरूका अन्य सबै चालू वा विकास खर्च समेत बन्द हुने स्थिति आउँछ । त्यसकारण कोभिड १९सम्बन्धी सम्पूर्ण खर्च केन्द्रले नै व्यहोर्नको लागि हामीले सरकारसित माग गर्दछौँ ।

    ९. पहिले ओम्नी कम्पनीलाई कोरोना भाइरससम्बन्धी स्वास्थ्य उपकरणहरूको खरिदको लागि जिम्मा दिंदा त्यसले धेरै भ्रष्टाचार गरेको ठहराएर त्योसँगको सम्झौता खारेज गरिएको थियो र त्यसको जिम्मा सेनालाई दिइएको थियो । तर अहिले समाचार माध्यमहरूबाट थाहा भएअनुसार सेनाले बजार मूल्यभन्दा धेरै महङ्गो मूल्यमा ती सामानहरू खरिद गरेर ल्याएको छ । त्यसकारण त्यसको विरोध गर्दै त्यसबारे आवश्यक छानवीन र कारवाही गर्न हामीले सरकारसित माग गर्दछौँ ।

    १०. देशमा आत्महत्याका घटनाहरू लगातार बढ्दै गइरहेका छन् । थाहा भएअनुसार लकडाउनभन्दा यताको सानो अवधिमा नै एकहजारभन्दा बढी मानिसहरूले आत्महत्या गरिसकेका छन्, जसमध्ये ठूलो सङ्ख्या किशोर किशोरीहरूको पनि छ । कोरोना भाइरसको कारणले उत्पन्न भएको मानसिक असन्तुलनले नै त्यति ठूलो सङ्ख्यामा आत्महत्या भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसप्रति हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    ११. रूपन्देहीमा भएको पाँच जनाको हत्याप्रति हाम्रो पार्टीको विशेष ध्यान आकर्षित भएको छ । त्यसप्रति तुरुन्त छानवीन गरी दोषिलाई सजाय दिनको लागि हामीले सरकारसित माग गर्दछौँ । थाहा भएअनुसार त्यो घटना पनि कोरोना भाइरसको कारणले उत्पन्न भएको मानसिक असन्तुलनले नै भएको हो । त्यसकारण त्यसप्रकारका घटनाहरूप्रति सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.