काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुने भएको छ ।
Advertisement
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको हो ।
उनीहरु तीनैजना नेपाली कांग्रेसका हुन् । लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतकको जिम्मेवारीमा थिए । लम्साल धादिङका तथा गुरुङ र श्रेष्ठ चितवनका हुन् ।