जनक बिसी##
तिज आयो घुमिफीरि फेरी
हामी सबै मिलेर नाचौं बरिलै
हाम्रो अधिकार यो ब्यबस्थाले
दिदैन,
महिला– पुरुष सचेत भई उठौं
बरिलै ।
देशको आज दुःखी राछ घाऊ
गरिब जनतालाई के खाऊ के लाऊ
छ नि बरिलै,
महिला अधिकार हनन भएको छ,
संगठित बनेर मुक्ति मार्ग पहिलाउँ
बरिलै ।
देशमा आज भस्टाचारको मुहाली
एमाले ओलीको सरकार बरिलै,
चोर जतिलाई लुकाएर फेरी
ओलीले देशलाई डुबाए बरिलै ।
देशलाई अझै दिए कै छन दुःख
राजस्व रित्याएर देश झनै गरिब
बरिलै –
देशका नागरिक बिदेशमा धपाएर
गणतन्त्र खाने युक्ति भा छ बरिलै ।
उठौ हामी सबै महिला मिलेर
गणतन्त्र, धर्म निरपेक्षता, रास्ट्रियता
बचाउ बरिलै–
देशलाई फेरी संकटमा फसाए
रबिको धुन्दुकारी बने बरिलै ।
रबि त ठग त्यसै आफै थिए,
कांग्रेस एमाले माओबादीले आफ्नो मान्छे
बचाए बरिलै
गणतन्त्रमा ठगि ब्यबबहार धेरै भो
यि ठगहरू धपाउन महिला हामी
उठनै पर्ने भो– ३

