सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा सनसनी मच्चिएको छ।
Advertisement
सम्भवत: गत बिहीबार राति या शुक्रबार बिहानदेखि घरबाट गायब स्थानीय उर्मिला हायुको परिवारका १६ जनाको खोजी तीव्र पारिए पनि अहिलेसम्म कुनै सुइँको मिलेको छैन । हायु परिवारबारे सोमबार बिहान साढे ९ बजे खबर पाएपछि साढे १० बजे घरमा पुगेका गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ घटना रहस्यमय रहेको बताउँछन्।