पोखरा । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)कास्कीको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
प्रेम विकको सञ्चालन तथा मोहन थापाको अध्यक्षतामा सम्पन्न सो भेला अन्टुकका केन्द्रीय सदस्य नम बहादुर वाठाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । साउन १० गते सम्पन्न सो भेलामा विशेष अतिथि राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर वराल हुनुहुन्थ्यो ।
त्यसतै नेकपा(मसाल) कास्कीको पुर्व प्रवक्ता चन्द्र बहादुर केसी, राजमो कास्कीको अध्यक्ष रविमोहन ढकाल, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारी, अनेरास्ववियु (छैंठौं) कास्कीका अध्यक्ष सोमनाथ अधिकारी, अखिल नेपाल वुद्दिजिवी संघ कास्कीको अध्यक्ष प्रविण पौडेल, जनजाति सम्मेलन गण्डकी प्रदेश संयोजक डम्बर बहादुर थापा, किसान संघ कास्कीका अध्यक्ष गंगाबहादुर थापा, महिला संघकि केन्द्रीय सदस्य लक्ष्मी कुँवर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पुर्वउपाध्यक्ष केवी थापा, राजमो पोखरा नगर समितिका अध्यक्ष विस्नु पुरी लगायतले अतिथि आसन ग्रहण गर्नुभएको साथै मन्तव्य दिनुभएको थियो ।