काठमाडौं । परराष्ट्र मन्त्रालयका अनुसार इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ ।
Advertisement
मन्त्रालयले दिएको जानकारी अनुसार इरानको जेलमा थुनामा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो ।
तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याएएको मन्त्रालयले जनाएको छ । तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
