रवि पौडेल ##
Advertisement
सत्तासँग सौदाबादी गर्दै आ’छन् नेताले
यो कुराको चाल पाउने कहिले जनताले ?
सौदा गरे महाकालीमा काठमाडौँमा बस्नलाई
बाटो खुल्ला गरिदिए दुस्मन पस्नलाई
सङ्घीयता घुसाइदिए कार्यकर्ता थेग्नलाई
मौका पायो दुस्मनले हाम्लाई हेप्नलाई
सौदा गरे एमसिसीमा आफ्नो पाकेट भर्नलाई
बाटो खुल्यो नेपालमाथि दमन गर्नलाई
बिप्पादेखि नागरिकता राष्ट्रघाती काम थियो
नाकाबन्दी लगाइदिने कसको काम थियो
हेपेका छन् नेताले आफ्नै देशका जनता
शरणार्थी बनाउयो कसले भन त
भ्र्रष्टाचार र तस्करीमा हाम्रै देशका नेता छन्
ऋणको भारी बोकाएर विकराल पार्दैछन्
हेर्दाहेर्दै देश बिगारे सत्ताधारी नेताले
राज्यसत्ता पल्टाई दिउँ अब जनताले