काजिराम श्रेष्ठ ##
Advertisement
सुन्नु होला दिदिबहिनी सुन्नु होला दाजुभाइ
यो वर्षको तिजको स्वागत सबैलाई
जन्म्यौ हुर्क्यौ आफ्नै देशमा कर्म थलो बिदेशमा
बस्न कसलाई रहर छैन आफ्नै देशमा
रोजगार छैन देशमा बिदेश धाउन पर्योनी
नेपालीको दुःख देख्दा आँसु झर्योनी
भाको केही कलकारखाना नी बन्द गर्छ सरकार
सम्झी ल्याउदा यो अबस्था लाग्छ धिक्कार
शाशक जति बिदेशीको इशारामा चल्दछन्
सत्ता टिकाई राख्न तिन कै पाउ मल्दछन्
नौजवान केटाकेटी पाउनै छोड्यो गाउँघरमा
यस्तै भए देश पनि पर्छ अधरमा
जति सरकार आए पनि जनतालाई उस्तै छ
बिदेशमा नेपालीको दुःख मस्तै छ
जबसम्म जनताको सरकार आउँदैन
बुझीराख जनताले सुख पाउदैन
उठौ जागौ नेपाली हो संगठित बनौ है
संगठित भएर सचेत बनौ है॥