काठमाडौँ । सरकारले लामो समयदेखिको खडेरी र पानीको चरम अभावका कारण मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
Advertisement
यो निर्णयसँगै अन्न भण्डारको रूपमा चिनिने मधेशमा धान रोपाइँ प्रभावित भएको छ भने इनार र चापाकल सुक्दा खानेपानीको हाहाकार मच्चिएको छ । यो घोषणापछि स्थानीय बासिन्दाहरूले तत्काल राहत प्याकेजको अपेक्षा गरेका छन् ।