काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले लोकतन्त्रको औचित्य छैन, संसदको औचित्य छैन भन्नेहरूलाई वल कस्ले पुराएको छ ? भन्ने प्रश्न आज संसदमा राख्नुभएको छ । केसीले आज २०८२ साउन ७ गते बुधबार चलेको संसदको आकस्मिक समयमा बोल्दै सो प्रश्न राख्नुभएको हो ।
‘संसद भनेको सार्वभौमसत्ता सम्पन्न थलो हो ।’ सांसद केसीले अगाडि भन्नुभयो, ‘संसद अन्तगर्त समितिले गरेका निर्णय संसदबाटै सरकारको नेतृत्व गर्नेहरूले नै तोडमोड गर्ने, छलछाम गर्ने, बदमाशी गरिसके पछि यो लोकतन्त्रको औचित्य छैन, संसदको औचित्य छैन, भन्नेहरूलाई वल कस्ले पुराएको छ ?’
‘बाग्लुङको क्षेत्र नम्बर २ स्थित जैमिनी नगरपालीका ९ पैयुँथन्थापमा गत असार २५ गते आएको ठूलो बाढी का कारण खानो पानी, विद्युत आपुर्ती, मोटरबाटो अवरुद्ध छ । त्यसकारण त्यसतर्फ सरकारले युद्धस्तरमा ध्यान पुराओस् भन्ने अनुरोध गर्दछु ।’ केसीले भन्नु भयो, ‘जब जनतालाई विभिन्न प्रकारका घटनाहरूको मारमा पर्दछन्, त्यतिवेला ति पिडीत जनताले हाम्रो माननीयहरू संसदमा हुनुहुन्छ । त्यहाँ कुरा उठाए पछि हाम्रा सम्पूर्ण समस्याहरू समाधान हुन्छ ।’
बाग्लुङको क्षेत्र नम्बर २ स्थित जैमिनी नगरपालीका ९ पैयुँथन्थापमा गत असार २५ गते आएको ठूलो बाढीले त्यहाँ सामुदायी १२ किलोवाटको विद्युत ध्वस्त पारेको थियो । आठवटा कुलाका मुहानहरू बगाएको छ । छवटा खाने पानीका मुहानहरू बाढीले ध्वस्त पारेको छ । दुईवटा गोठ बगाएको छ र एउटा गोरु पनि मरेको छ । एक सय ५० रोपनी खेत बगाएको छ । दुईवटा पुल र तीनवटा मोटर बाटाहरू ध्वस्त पारेको छ ।