सबिता खनाल शर्मा ###
सुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ।
फेरि पनि तीज आयो चेलीबेटी खुसी हुनलाई॥
हरियो चुरा पोते छाडा गीत नगाउँ है ।
विकृतिलाई निम्तो हामिले दिंदै नदिउँ है॥
कति परे कुलतमा कति परे विकृति मा ।
सुन्दर समाज बनाउ हामी ल्याउ संस्कारमा॥
न त हामी हारेका छौँ न त हामी हार्नेछौं।
संगठित एकजुट भई एकतामा चल्नेछौं ॥
संगठित भई हामी एकतामा चल्नेछौं।
अन्याय अत्याचारको विरुद्धमा लडाई लड्नेछौं॥
संगठनिक भई हामी समाजसेवी बनौन ।
सही नेता छान्नलाई हिम्मत गरौन॥
देशमा भ्रष्टाचार नभए स्वदेशमै बसिन्थ्यो ।
आफ्नै देशमा काम गरी उही बसिन्थ्यो ॥
कति याद आउँछन् हामीलाई खोलानाला पखेरा।
दुःख गर्दै रुँदै बसेका छौं परदेशमा दुख सहेरा॥
नतभोकमा खान पाछम नतटाइममा सुत्या छम्म ।
आफ्नै गाउँको यादमा रुँदै बस्या छौं ॥
सागंठनीक बनौँ हामी अब मूल प्रवाहमा।
एकताको झन्डा फराउदै पूरा भारतमा॥
मूल प्रवाहमा हामीले गर्नेछौ चमत्कार ।
यति भन्दै बिदा हुन्छौ सबलाई नमस्कार॥