• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महँगी र अमेरिकी कर नियन्त्रणको सामना गर्न आफू पदमै रहने जापानका प्रधानमन्त्रीकोे चाहना


  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
  • जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि र उच्च अमेरिकी करजस्ता चुनौतीको सामना गर्न आफू पदमा रहिरहने बताउनु्भएको छ ।

    Advertisement

    इशिबाको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले २४८ सदस्यीय माथिल्लो सदनमा आइतबार भएको मतदानको नतिजाले बहुमत कायम गर्नका लागि तीन सिट नपुग्ने देखाएको छ । गठबन्धन अहिले डाइट वा संसदको दुवै सदनमा अल्पमतमा छ, यद्यपि एलडीपी अझै पनि प्रमुख पार्टी हो ।

    इशिबाले परिणामलाई गम्भीरतापूर्वक लिएको तर आफ्नो प्राथमिकता जापानमा राजनीतिक शून्यता सिर्जना हुनबाट बचाउनु र आसन्न चुनौतीहरूको सामना गर्नु र अमेरिकासँग कर सम्झौताको लागि अगस्ट १ को समयसीमा पनि समावेश छ ।

    इशिबाले भन्नुभयो, ‘मैले चुनावी परिणामप्रति आफ्नो गम्भीर जिम्मेवारी महसुस गरिरहेकी छु । मैले देश र जनताप्रतिको आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ र यो अठोट पूरा गर्न सक्छु भन्ने मेरो विश्वास रहेको छ ।

    उहाँले भन्नुभयो, ‘जापानको राजनीतिलाई शुन्यतामा फस्न नदिन मेरो निरन्तरता आवश्यक छ । मत परिणामले एलडिपीको पूरानो वर्चस्वलाई केही कमजोर देखाएपनि संसद्को सबैभन्दा ठूलो दलको हैसियत प्रदान गरेको छ ।’

    उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने र आपसी हितकारी सम्झौतामा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

    इशिबाको गठबन्धनले गत अक्टोबरमा भएको तल्लो सदनको चुनावमा बहुमत गुमाएपछि आइतबारको मतदान भएको हो र उहाँको अलोकप्रिय सरकारले संसद्मार्फत कानून बनाउने सन्दर्भमा विपक्षीलाई सहुलियत दिन बाध्य भएको छ ।

    जापानमा चामलको बढ्दो मूल्य र घट्दो ज्यालालगायत अन्य सामानको मूल्यलाई कम गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न नसक्दा एलडिपीले ऐतिहासिक हार ब्यहोर्नुपरेको हो ।

    व्यापार वार्तामा प्रगति नभएको र खाद्यान्नको आन्तरिक मौज्दातमा कमी आए पनि जापानमा अमेरिकी अटो र अमेरिकी धानको बिक्री हुन नसकेको गुनासो गर्दै कर निर्धारणका लागि सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले दबाब बढाएका समय भएको निर्वाचनले सत्तारूढ एलडिपी पार्टीलाईसफलता भने दिन सकेन ।

    अगष्ट १ देखि लागू हुने गरी अमेरिकाले जापानका लागि घोषणा गरेको २५ प्रतिशत कर वृद्धि इशिबाका लागि अर्को झट्का सावित भएको छ ।

    सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.