जुना भण्डारी चालिसे (चंडिगढ)
सुन्नुहोला बाबा–आमा अनी दाजु–भाईले।
संगठीत हुने संदेश दिदैछौं हामीले ॥
हेपिएका दबिएका अन्यायमा परेका ।
त्यसैले हो दिदीबैनी आसु झरेका ॥
समाज केहो संगठन के हो भन्ने थाह छैन।
पींजडा मै थुनीएका आजाद भा छैन ॥
खाली कामकै महत्व र घर धन्दा जैले नी।
संगठीत हुने कुरा छैन कैले नी ॥
कहिले पिट्यो श्रीमानले कहीले सौता ल्यायो रे।
बल्ल चाहियो संगठन अन्याय भयो रे ॥
कहिले पोइला श्रीमती कहिले सकी सम्पती ।
असंगठीत हुनाले हो ल्याएको विकृती ॥
अनुशासन हुनुपर्छ नीति नियम पालना ।
आउ साथी मूल प्रवाहको सदस्यतामा ॥
अहिले भारत प्रवासमा घटेका छन् घटना।
असगंठीत किन हुन्छौं कुरा बुझन ॥
भोली आउने समस्याको आजै गरौं समाधान।
संगठीत भयौं भने मील्छ मान सम्मान ॥
बहादुर भनी बोलाउनेले अहिले नामले बोलाउँ छन् ।
डराउन दिनेहरू अहिले आफै डराउँछन् ॥
कतिपय दिदीबैनी साहसी र निडर छन् ।
कतिपय कोठी भित्रै दबिएका छन् ॥
काम पनि गर्नुपर्छ दुईचार पैसा कमाउन।
परी आउँदा साथी पनि पर्छ बनाउन ॥
एकतामा शक्ती हुन्छहुन्छ कडी बलियो ।
ढिला हैन सदस्यता लिनु भोली जो ॥
किन कुरा नबुझे झैं गर्नी संगी साथी हो ।
संगठनमा संगठित हुनुस् साथी हो ॥