रवि पौडेल ##
Advertisement
जनता पनि कति सिधा सबै कुरा पत्याउँछन्
भष्ट्राचारी जोगाउन नारा भट्याउँछन्
जन्मिएका नयाँ पार्टी आफै मै हुँ भनाउँदा
पत्तै पाउँदैनन् भ्रष्टाचारमा आफै गनाउँदा
ऋणको भारी थुपारेर भ्युटावर यिनले बनाए
हेर्दाहेर्दै देश पनि कङ्गाल बनाए
ज्युँदै मानिस पोल्नेलाई छुटकारा दिएको छ
न्यायालय किन होला नाङ्गो भएको छ
रोजगार छैन युवाहरु खाडी देशमा पठाउँछन्
राज्य दोहन गरी गरी नेता मोटाउँछन्
यो देशको मुहान फेर्ने कहिले हो र हामीले
राज्य ढाल्न बेर छैन प्रतिगामीले
दलको काम हेरी सबै जनता चिडिन्छन्
देश बर्बाद हुँदा पनि आफै भाँडिन्छन्
प्रतिगमन हटाउन दलका नेता सपारौँ
गाउँमा आउँदा सबै मिल्री तिनलाई झपारौँ
अबेर भयो उठौँ अब देशको मुहार फेर्नलाई
सुन्दर देशका जनताको खुसि हेर्नलाई