कावासोती । २०७७ जेष्ठ २६ गतेका दिन एमसिसीका विरुद्ध राष्ट्रिय जनमोर्चा नवलपुरले विरोध कार्यक्रम सम्पन्न गर्यो ।
Advertisement
उक्त कार्यक्रममा अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का का.वा. महासचिव शलिकराम सापकोटा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेल, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता लेखनाथ पौडेल र राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल बुद्धिजीवी सङ्घका देवराज पौडेलले गर्नुभएको थियो ।