दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
२०८२ साउन ३ गते शनिबार राप्ती शान्ति उद्यान गणेशपुरमा सो भेला सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले केदार गोराथोकी अध्यक्ष रहनुभएको १३ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शुक्रराज पोख्रेल, सचिव खेतुप्रसाद भण्डारी, सहसचिवमा राजकुमार धिताल र कोषाध्यक्षमा हरि रेग्मी रहनुभएको छ ।
त्यस्तै, सदस्यमा पदम केसी, कृष्ण पोख्रेल, दोर्ण भण्डारी, प्रेम विक, मति भण्डारी, गणेश केसी, बोधप्रसाद खनाल र दामोदर रिजाल रहनुभएको छ ।
भेलाले जोखप्रसाद भण्डारी, खिमानन्द खनाल, उत्तम भण्डारी र रुकुम भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य कमला जिसी, नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङका अध्यक्ष ऋषिराम पौडेल, राजमो दाङका सल्लाहकार तथा नगर अध्यक्ष श्यामलाल पोख्रेल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व अध्यक्ष दुर्गाबहादुर केसी, अखिल नेपाल युवक सङ्घ दाङका सहसचिव जनक भण्डारी, अखिल नेपाल कानुन व्यवसायी सङ्घ दाङका अध्यक्ष उत्तम भण्डारी, राजमो दाङका सदस्य देवबहादुर विक, अखिल नेपाल महिला सङ्घकी तुलसीपुर नगर अध्यक्ष निमा रेग्मी, जातीय समता समाज दाङका सदस्य प्रेम विकलगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
खेतुप्रसाद भण्डारीको अध्यक्षता तथा नगर कोषाध्यक्ष हरिप्रसाद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव दुर्गा भण्डारीले गर्नुभएको थियो ।