कमल पौडेल, खलङ्गा ।
Advertisement
राष्ट्रिय जनमोर्चा प्युठानका सदस्य नारायण भण्डारीकी आमा पुतलादेवी भण्डारीको निधन भएको नवौँ दिनको शोकसभा सम्पन्न भएको छ ।
राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको उपस्थितिमा २०८२ असार २९ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शोकमन्तव्य राख्दै न्यौपानेले पुतलादेवीको बारेमा चर्चा गर्दै उहाँको मृत्युले पार्टी र क्रान्तिलाई क्षति पुगेको बताउनुभयो ।
शोकसभामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडीलगायत राजमो नौबहिनीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
राजमो नौबहिनी गाउँ समितिका अध्यक्ष हर्क पुनको अध्यक्षता तथा रामप्रसाद भण्डारीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
