काठमाडौं । अछामको बयलपाटा अस्पतालबाट निकालिएका एक कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेका छन् ।
साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
जागरिबाट हटाइएको झोकमा उनले सोमबार बिहान अस्पतालको गेट अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए ।
तत्काल अस्पतालका सहकर्मीले आगो निभएको उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आउजीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आउजी अस्पतालमा सरसफाईको काम गर्थे ।
दुई महिना अगाडि नै अस्पतालले अस्पतालमा आर्थिक संकट परेको भन्दै ३३ जना कर्मचारीलाई अस्पतालबाट हटाएको थियो । ती मध्ये एक जना आउजी पनि हुन् । अस्पतालले कामबाट निकालेर महामारीकै समयमा परिवारको रोजीरोटी बन्द भएपछि आफ्नै शरिरमा आगो लगाउनु पर्ने बाध्यता आएको उनका सहकर्मीले बताएका छन् ।