• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कर्मचारीतन्त्रमा देखा परेको विकृति


  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
  • मेघराज भट्टराई ##
    हरेक देशको स्थायी सरकार भनेको त्यो देशको कर्मचारीतन्त्र मानिन्छ । नेपालको स्थायी सरकार भनेको पनि कर्मचारीतन्त्र नै हो भन्न सकिन्छ । यो शक्तिकै आडमा देशको प्रगति या दुर्गति हुने देखिन्छ । यो शक्ति अत्यन्त बलियो छ ।

    Advertisement

    नेपालमा यो देश हाँक्ने कर्मचारीको सङ्ख्या कति छ ? २०८१ जेठको तथ्याङ्कअनुसार नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहमा गरी स्थायी सरकार हाँक्ने कुल कर्मचारी सङ्ख्या हाल ८५ हजार ५ सय २९ जना छन््, जसमध्ये सबैभन्दा बढी स्थानीय तहमा ३२ हजार ८ सय ८ जना रहेका छन् भने सङ्घमा ४१ हजार ५ सय ६३ र प्रदेशमा ११ हजार १ सय ३८ जना रहेका छन् ।

    निजामती सेवामा विभिन्न सेवासमूहका कर्मचारी रहेका हुन्छन् । प्रहरीतर्फ ६० हजार २ सय १८ जना अलग छन् । त्यस्तै १ लाख ५ हजार सेनामा छन् । देशलाई राम्रोसँग चलाउने हो भने यो सङ्ख्या एकदम थोरै हुन्छ किनकि प्रादेशिक प्रहरी, क्षिक्षा, स्थानीय भाषामा पढाउने शिक्षक छैनन् । यो अझै थपिन सक्छ र यसलाई चलाउने राज्यसँग साधनस्रोतको अभाव छ ।

    अरू देशको तुलनामा हामीकहाँ महँगाइअनुसारको तलबसुविधा तल्लो तहको कर्मचारीलाई कम छ तर एक पैसाको आम्दनी नगर्ने यहाँका गरिब, दुखी जनता, बेरोजगार युवा, असहाय वृद्धवृद्धाले तिरेको करबाट तलब सेवासुविधा लिने कर्मचारीको सेवा तलबसुविधा राम्रो नै हो भन्ने यहाँका अधिकांशको जनभावना छ । यदि सरकारी कर्मचारीले राष्ट्र र राष्ट्रियताप्रति वफादार हुने हो र इमानदारिता अपनाउने हो भने देशको परिवर्तन हुन समय लाग्दैन तर नेपालका कतिपय कर्मचारी यतिविघ्न अपराधी छन्, आफ्नो फाइदाका लागि यिनीहरू देश नै बेचिदिन्छन् ।

    यिनीहरू सिमाना बेच्न पनि पछि पर्दैनन् । अपराधी छोड्छन । पैसाकै लागि ठुला ठुला अपराध गरेका हुन्छन् ।

    राज्यले नागरिकलाई महँगी बढाएर, कर उठाएर यहाँका कर्मचारी पालिएका छन् । नेपाली जनता अरबका खाडीमा तातो घाम र साइप्रसको चिसो खाएका छन् । कति जना मरेर लास बनी काठको बाकसमा फर्किएका छन् । कति दुर्घटनामा अपाङ्ग बनेर त कति मिर्गौला बिग्रिएर फर्किएका छन् । उनीहरूले पठाएको रेमिट्यान्सले देश चलेको छ तर उनीहरूलाई अपराधीको जस्तो पीडा यिनै कर्मचारीबाट हुन्छ ।

    नेपाली नागरिक जन्मियो, जन्मदर्तामा कर, विवाहकर, बसाइँसराइ कर, मृत्युकर अथवा लासकोल लागि पनि कर ? यो कसको लागि ? यो राज्य चलाउनका लागि ? होइन ? निजामती, कर्मचारी, सेनाप्रहरीका परिवारसम्मले सामुदायिक अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गराउँछन् । यिनीहरू आठ घण्टा काम गर्छन् । १६ घण्टा मस्ती । त्यही ८ घण्टा पनि इमानदार भएर काम गर्दैनन् ।

    एउटा मजदुर मरीमरी १६ घण्टा काम गर्छ, उसको लागि न राज्यले बिमा गरेको छ, न राज्यले कुनै सुविधा दिएको छ । यिनीहरूको (कर्मचारी) जीवन सुरक्षित गर्ने पेन्सन छ तर मजदुरले जति हाड घोटे पनि केही राहत छैन । यिनै कर्मचारी राष्ट्रघात गर्छन् । यिनीहरू कसरी नेताहरूलाई घुमाउँछन् ? हामीले देखिहाल्यौँ, निजामती कर्मचारी ऐनलाई कसरी सिङ्गो संसद्लाई जिल्ल पारे भनेर । सांसद हुस्सु, अशिक्षितजस्ता सावित भइससके । आज राष्ट्रलाई ढुटो बनाउने कामका केही उदाहरण हेरौँ :

    १. वनमा काठ कुहेको छ, मलेसियाबाट फर्निचर मगाइन्छ जबकि “हरियो वन, नेपालको धन” भनेर हामीलाई पढाइन्थ्यो । यो किन गरिन्छ त भन्दा कमिसन खान ।

    २. सरकारी कार्यालयमा लाखौँ गाडी चलाउनलायक छन् तर नयाँ गाडी सिफारिस गरिन्छ । यहाँ पनि कमिसनकै खेल हो ।

    ३. सडक निर्माण गुणस्तरहीन हुनुको पछाडिको कारण हरेक वर्ष भौतिक पूर्वाधारमा खर्च गरिन्छ तर गुणस्तर हुँदैन । यो पनि कमिसन खाने इन्जिनियरदेखि राजनीतिक पार्टीका कार्यकर्तारूपी डन आदिको कारण होइन र ? यस्ता उदाहरण शिक्षा, स्वास्थ्य, कृषि, गाडी, तेल, मल, चिनीजस्ता हरेक कुरामा कमिसन, राजस्व चुहावट भएको कुरा हामीले हरेक दिन सामाजिक सञ्जालमा पढेका छौँ, होइन र ?
    यदि तपाई कुनै सरकारी कार्यालयमा जानुभयो भने त्यहाँ तपाईं उनीहरूको सिकार हुनुहुन्छ । तपाईंलाई यो मिलेन, त्यो मिलेन भनी घुमाएकोघुमायै गर्छन् कि तपाईं थकित भएर उपाए खोज्न बाध्य हुनुपर्छ र तपाईं घुसपेस गरेर भए पनि काम सक्न चाहनुहुन्छ । यो देशलाई धूलिसाध्य बनाएकै कर्मचारीले हो ।

    यसो भनिरहँदा के सबै कर्मचारी भ्रष्ट, बेइमान, दुराचारी, ठग छन् त ? होइन । केही प्रतिशत कर्मचारी इमानदार, देशप्रेमी, कर्तव्यनिष्ठ पनि छन् तर बेइमानको अघि ओझेल परेका छन् । पछि परेका छन् । यही कारण यसको आमूल परिवर्तनबिना देशलाई अघि बढाउन सकिँदैन भनेर हामीले वर्षौंदेखि भन्दै आएका छौँ । आजकै अवस्थामा यही संरचनाभित्र जो प्रधानमन्त्री भए पनि गरिखाने वर्गको आधारभूत समस्या समाधान हुन सक्दैन । कहीँ केही सुधारका काम हुन सक्ला तर त्यो पनि एक प्रतिशत सम्भव छ । नौलो जनवादी व्यवस्थाबिना यो देशमा

    आमूल परिवर्तन सम्भव छैन । यसका लागि जनताको चेतनास्तरमा वृद्धि हुनुपर्दछ, अनुशासित हुनुपर्छ ।

    हामी सचेत नागरिक बनेनौँ भने यिनै कर्मचारीले हामीमाथि राज गरिरहेका छन् र भविष्यमा पनि गरिरहनेछन् ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.