• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाको ब्यानरमा एक्लै भाग लिने बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २३ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो जानकारी दिएको हो ।

    नीतिगत रूपमा चुनावी तालमेल गर्ने नीतिमा कुनै फेरबदल नभएको जानकारी दिँदै मसालले स्थानीयस्तरका चुनावमा तालमेलको ढोका खुला राखेको पनि स्पष्ट पारेको छ ।

    गत कालको चुनावी तालमेलको क्रममा अन्य पक्षले धोका दिएको शिक्षास्वरूप नै अहिले रुपन्देहीमा एकल रूपमा चुनावमा भाग लिन थालेको बताउँदै मसालले यो चुनावले २०८४ सालको चुनावका लागि नीतिगत आधार तयार पार्ने पनि बताएको छ ।

    “रुपन्देहीमा हुन थालिरहेको चुनावमा पनि हाम्रो उद्देश्य बढीभन्दा बढी राजनीतिक भण्डाफोर गर्नु, जनताको राजनीतिक चेतना उठाउनु र जनाधारको निर्माण गर्नु नै हुनेछ” वक्तव्यमा भनिएको छ– “यद्यपि त्यसका साथ साथै जनताको बढी समर्थन प्राप्त गरेर बढीभन्दा बढी भोट प्राप्त गर्नका लागि हामीले कोसिस गर्नेछौँ ।”

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रुपन्देहीमा छिट्टै उपचुनाव हुँदैछ । हाम्रो पार्टीले त्यो चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ । त्यो चुनावसम्बन्धी केही नीतिगत प्रश्नबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    योभन्दा पहिलेका दुईओटा आमचुनावमा हामीले अन्य कतिपय पक्षसित चुनावी तालमेल गरेर चुनाव लडेका थियौँ । आवश्यकताअनुसार विभिन्न राजनीतिक शक्तिसित गठबन्धनको हाम्रो नीति अहिले पनि कायम छ तर कुन बेला कुन राजनीतिक शक्तिसित गठबन्धन वा कार्यगत एकता गर्ने ? त्यो देशको कुनै बेलाको खास राजनीतिक स्थिति, आवश्यकता र बेग्लाबेग्लै राजनीतिक शक्तिसित हाम्रो कति समझदारी वा सहमति कायम हुन सक्दछ ? त्यसमाथि निर्भर गर्ने कुरा हो ।

    चुनावको प्रश्नमा पनि हामीले गत कालमा कैयौँ राजनीतिक शक्तिसित चुनावी तालमेल गरेर चुनावमा भाग लिँदै आएका थियौँ तर हाम्रो पार्टीको नवौँ महाधिवेशनले आगामी चुनावलाई कसैसँग तालमेल नगरिकन चुनावको उपयोग गर्ने निर्णय गरेको छ । राष्ट्रियस्तरमा हामीले त्यस प्रकारको चुनावको नीति अपनाउने निर्णय गरेको भए पनि स्थानीय रूपमा कुनै पक्षसित विश्वसनीय समझदारी कायम हुन सकेमा चुनावी तालमेल गर्न सक्ने सम्भावनालाई हाम्रो पार्टीको नवौँ महाधिवेशनले पूरै अस्वीकार पनि गरेको छैन ।

    आवश्यकताअनुसार अन्य पक्षसित चुनावी तालमेल गर्ने नीतिलाई हामीले सिद्धान्ततः नै अस्वीकार गरेका छैनौँ तर गत चुनावमा हामीले चुनावी तालमेल गरेका अन्य विभिन्न पक्षले इमानदारिता नदेखाएको वा अन्तर्घात गरेको हुनाले नै हामीले मुख्य रूपले चुनावलाई एक्लै उपयोग गर्ने नीति अपनाउने निर्णय गरेका हौँ ।

    हामीले चुनावी तालमेलमा भएको सहमतिलाई इमानदारीपूर्वक पालना गरेका थियौँ र चुनाव लड्ने राम्रो सम्भावना भएका स्थानमा पनि हामीले आफ्ना उम्मेदवारलाई उठाएनौँ वा अन्य उम्मेदवारलाई समर्थन गर्ने कार्य गऱ्यौँ तर अन्य कतिपय पक्षले त्यस प्रकारको इमानदारिता देखाएनन् । अन्तर्घात गरे वा सहमति भएका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार उठाउनेसमेत काम गरे । त्यो स्थितिले बाध्य भएर नै हामीले आगामी चुनावलाई एक्लै उपयोग गर्ने निर्णय गरेका छौँ । त्यही नीतिअनुसार रूपन्देहीको उपचुनावलाई पनि हामीले एक्लै उपयोग गर्ने नीति अपनाउनेछौँ ।

    हाम्रो पार्टीको लागि चुनाव उपयोगको अर्थ राजनीतिक भण्डाफोर गर्नु, जनताको चेतना उठाउनु वा जनाधार तयार पार्नु नै हो । २०८४ मा चुनावको उपयोग गर्दा पनि ती उद्देश्य पूरा गर्नु नै हाम्रो मुख्य प्राथमिकता हुनेछ । अहिलेको रूपन्देहीको चुनावले २०८४ को चुनावका लागि पनि नीतिगत आधार तयार पार्नेछ भन्ने हामीलाई विश्वास छ ।

    गतकालमा जुन पक्षसित हामीले चुनावी तालमेल गरेका थियौँ, त्यस प्रकारको तालमेल सिद्धान्तहीन वा अराजनीतिक प्रकारले सौदाबाजी गरेर हामीले कहिल्यै पनि कसैसित तालमेल गरेका थिएनौँ र भविष्यमा पनि हाम्रो त्यो नीति कायम रहनेछ । हाम्रो चुनावी तालमेलको आधार कुनै बेला वामपन्थीका बिचको एकता हुन्थ्यो भने कुनै बेला प्रतिगमनका विरुद्ध सङ्घर्षका लागि नै एकता हुन्थ्यो । खालि चुनावमा सफलताका लागि नै हामीले कहिल्यै चुनावी तालमेल गरेका थिएनौँ यद्यपि कुनै चुनावलाई उपयोग गर्नुको अर्थ बढीभन्दा बढी भोट वा सफलता प्राप्त गर्नु पनि हुन्छ ।

    रुपन्देहीमा हुन थालिरहेको चुनावमा पनि हाम्रो उद्देश्य बढीभन्दा बढी राजनीतिक भण्डाफोर गर्नु, जनताको राजनीतिक चेतना उठाउनु र जनाधारको निर्माण गर्नु नै हुनेछ यद्यपि त्यसका साथ साथै जनताको बढी समर्थन प्राप्त गरेर बढीभन्दा बढी भोट प्राप्त गर्नका लागि हामीले कोसिस गर्नेछौँ । रुपन्देहीमा उपचुनावको उपयोगको सिलसिलामा ती उद्देश्य पूरा गर्नको लागि बढीभन्दा बढी ध्यान दिन हामीले आफ्नो पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनका कार्यकर्ता, समर्थक र जनतासित पनि अपिल गर्दछौँ ।”

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.