काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै एमालेमा विधान संशोधन र उमेर हदको विषयलाई लिएर नेताहरुबीच बहस सुरु भएको छ ।
Advertisement
विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको भन्दै महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत महासचिव पोखरेलले भ्रम र वास्तविकता भन्दै यसबारे स्पष्ट पार्न खोजेका छन् ।
उनले ७० वर्षे उमेरहदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्तावमार्फत केन्द्रीय कमिटीवाट हटाइएको दाबी गरेका छन् ।