लुस्याङ पहाडी ##
Advertisement
मैले मिहिनेत गरेरै हो
पाएको सफलता
के गऱ्यौ र “बा” तिमीले
शिक्षाको बजेट १०.३ प्रतिशत
भँगेरालाई एक मुट्ठी चारोसरी
दिवाखाजा पन्ध्र रुपैयाँ
के खाए होलान् केटाकेटीले
भोको पेट कम्मर कसेर
पढे केटाकेटीले
के गऱ्यौ “बा” तिमीले ?
अझै भन्दैछौ– “मैले मिहिनेत गरेर हो ?”
नतिजा सुध्रिएको
के आउँछ पन्ध्र रुपियाँले ?
त्यसमा ध्यान गएन
शिक्षक–कर्मचारीको पीडा के हो ?
ध्यान गएन
शिक्षक उनासी दिन सडकमा हुँदा
किन आएका हुन् उनीहरू
थाह छैन र “बा” तिमीलाई ?
शिक्षक–विद्यार्थी मिहिनेतको कदर गरेनौँ
के गऱ्यौ “बा” मिहिनेत तिमीले
भन्दैछौ अझै
मैले मिहिनेत गरेर हो
निजी विद्यालयको प्रशंसा गऱ्यौ
सामुदायिक विद्यालयका शिक्षकलाई
धुलो चटायौ
के गऱ्यौ “बा” मिहिनेत तिमीले
भन्दैछौ अझै
मैले मिहिनेत गरेर हो