काठमाडौं । पार्टीको राष्ट्रिय महाधिवेशनको मितिसमेत निर्धारण भइनसकेको अवस्थामा अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्ष/विपक्षमा धार सिर्जना गर्ने प्रयास भइरहेको एमाले महासचिव शंकर पोखरेलले स्वीकार ग रेका छन् ।
विभिन्न सञ्चारमाध्यमहरूबाट हुन थालेको टिप्पणी गर्दै महासचिव पोखरेलले नीति र विधि निर्माणको काममा केन्द्रित हुन नेता/कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीलाई कमजोर बनाउने गरी सुरु भएका चर्चा र टिकाटिप्पणीप्रति कार्यकर्तालाई सचेत गराउन जिल्ला नेतृत्व तहलाई निर्देशन पनि दिए ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै महाधिवेशन २०८३ को बैशाखसम्ममा सम्पन्न हुने एमाले निकट श्रोतले बताउँदै आएको छ ।
विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि आगामी महाधिवेशनमा अध्यक्ष पदमा उनले ओलीलाई टक्कर दिने चर्चा भइरहेको छ ।