काठमाडौँ । पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ।
Advertisement
उनको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो। चितवनदेखि काठमाडौँ उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन्। कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए ।