• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

भिजिट भिसा प्रकरण : न्यायिक छानबिन आयोगद्वारा छानबिन गर्न राजमोको माग


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भिजिट भिसा प्रकरणमा पूर्व प्रशासकको नेतृत्वमा समिति गठन गर्नु अपर्याप्त भएको बताउँदै न्यायिक छानबिन आयोगद्वारा छानबिन गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ असार १४ गते शनिबार जारी प्रेसवक्तव्यमा सो माग गरिएको हो ।

    न्यायिक छानबिन समिति भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालतका बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा समिति बन्नुपर्ने राजमो तर्क छ ।

    यस सन्दर्भमा राजमोले यसअघि पनि न्यायाधीशको नेतृत्वमा जनआन्दोलनमाथिको दमन, जुटमिल, सहकारी, चिकित्सा शिक्षा, सुनतस्करीलगायतका विषयमा छानबिन समिति गठन भएको स्मरण गराएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले पूर्व प्रशासकको नेतृत्वमा छानबिन आयोग गठन गरेको कार्यप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरेका छौँ ।

    १. भिजिट भिसा प्रकरणको समग्र पक्षमाथि विचार गर्दा सरकारद्वारा पूर्व प्रशासकको नेतृत्वमा गठित छानबिन आयोगले स्वतन्त्र तथा निष्पक्ष ढङ्गबाट काम गर्न नसक्ने र त्यो अधिकारसम्पन्न नभई कमजोर खालको भएकाले त्यसको सट्टा न्यायिक छानबिन आयोगद्वारा नै भिजिट भिसा प्रकरणको छानबिन गरिनुपर्दछ ।

    २. सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन आयोग गठन गर्न सकिने नेपालको संवैधानिक व्यवस्था रहेको छ । त्यसका साथै सर्वोच्च अदालत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समेत सरकारले विगतमा कैयौँ न्यायिक छानबिन आयोग गठन गरी छानबिन गर्ने गरेको अभ्यास पनि रहँदै आएको छ । सर्वोच्चका बहालवाला न्यायाधीश कृष्णजङ्ग रायमाझीको नेतृत्वमा २०६२–६३ को जनआन्दोलनका दोषीमाथि छानबिन तथा कारबाही सिफारिसका लागि, जुद्ध जुटमिल कारखानामा भएको सरकारी सम्पत्तिको अपचलनलगायतका विभिन्न प्रकरणमा विभिन्न तहका अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिनलगायतका कैयौँ आयोग गठन हुँदै आएका छन् । पूर्व न्यायाधीशको नेतृत्वमा पनि सहकारी, चिकित्सा शिक्षा क्षेत्र, सुनतस्करी प्रकरणलगायतका थुप्रै सवालमा न्यायिक छानबिन समिति गठन गरिएका अभ्यास पनि रहेका छन् ।

    ३. भिजिट भिसा प्रकरणमा छानबिनका लागि हाम्रो दलले न्यायिक जाँचबुझ आयोगको गठनमा जोड दिँदै निष्पक्ष, स्वतन्त्र ढङ्गबाट छानबिन गर्न र छानबिनबाट दोषी देखिएका व्यक्तिलाई कानुनी कारबाहीका लागि समेत जोड दिन्छ ।”

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • २.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ३.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ४.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ५.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ६.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ७.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ८.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.