काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मलको अभाव सधैँ रहिरहने निराशाजनक अभिव्यक्ति दिएका छन् । मागको तुलनामा एक चौथाइ मात्र मल आपूर्ति हुने भएकाले किसानलाई समयमै मल दिन सक्ने अवस्था नरहेको उनले स्वीकार गरे ।
Advertisement
नेपाल डेरी एशोसिएशनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘गत वर्ष करिब २८ अर्ब बजेटमा जम्मा साढे ४ लाख टन मल आयो, जबकि माग १३ लाख टनसम्म छ । यस्तो अवस्थामा जो मन्त्री भए पनि मलको हाहाकार हुन्छ ।’
उनले राज्यको दायित्वका कारण किसानलाई ‘मल आउँछ’ भनेर आश्वासन दिनुपर्ने बाध्यता रहेको तर यथार्थमा मल पुर्याउन असम्भव रहेको बताए । मन्त्री अधिकारीले दूधको भुक्तानी, चिस्यानकेन्द्र र बीमामा पनि गम्भीर समस्या रहेको दुःखेसो गरे ।