• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सिन्धुपाल्चोक घटनाको सामाजिक र मनोवैज्ञानिक अध्ययनको आवश्यकताप्रति राजमोको जोड


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोककी ११ वर्षीया बालिकाको सामूहिक बलात्कार र हत्याको घटनाको सम्बन्धमा सामाजिक र मनोवैज्ञानिक अध्ययनको आवश्यकतामा जोड दिएको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ असार १४ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    राजमोले उक्त घटनाका दोषीको सम्बन्धमा तत्कालै छानबिन गरी कारबाही गरिनुपर्ने आवश्यकतामा समेत जोड दिएको छ ।

    निर्मला पन्त हत्या तथा बलात्कार घटनाको सन्दर्भ जोड्दै राजमोले देशमा यस खालका घटनाको पुनरावृत्ति भएकोमा चिन्ता व्यक्त गरिएको छ ।

    सिन्धुपाल्चोक घटनालाई प्रतिनिधिमूलक रुपमा लिँदै राजमोले यस्ता घटनाको तहसम्म पुग्न सरकार र सम्पूर्ण समाजको ध्यानाकर्षण गराएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    ” सिन्धुपाल्चोकमा एउटी ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार र हत्याको घटना अत्यन्त क्रुर, अमानवीय र विभत्स घटना हो । त्यो घटनाले कैयौँ गम्भीर प्रश्नहरू उठाएको छ । त्यो घटनाको लागि जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही वा दण्डसजाय हुनुपर्छ र हुने नै छ । त्यो अपराधका लागि जिम्मेवार व्यक्तिहरूले सायद जीवनभरि नै जेलमा बिताउनुपर्नेछ तर त्यस प्रकारको कारबाहीले मात्र त्यो अपराधजन्य कारबाहीको जबाफ दिने छैन र त्यसबारे अरु गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ । सरकार र सम्पूर्ण समाजको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ ।

    अहिले सिन्धुपाल्चोकमा जुन घटना भयो, त्यो आफ्नो प्रकारको एउटा मात्र घटना होइन, देशमा त्यस प्रकारका कैयौँ घटना हुने गरेका छन् ।

    त्यसकारण त्यो घटनालाई एउटा व्यक्तिगत वा स्थानीय घटनाको रुपमा मात्र बुझ्नु सही हुने छैन । आखिर देशमा त्यस्ता घटनाहरू किन भइरहन्छन् ? त्यस्ता घटनाहरू हाम्रो समाजको बनावट वा सामाजिक मनोविज्ञानका परिणाम हुन् । त्यसकारण त्यस प्रकारका घटनाको रोकथामका लागि सम्पूर्ण समाजको नै उपचार हुनुपर्ने आवश्यकता देखिन्छ । त्यसको लागि सर्वप्रथम यो कुराको अध्ययन गर्नुपर्ने आवश्यकता छ ः हाम्रो समाजको कुन प्रकृति वा मनोविज्ञानका कारणले त्यस प्रकारका घटना हुने गर्दछन् ? त्यो विषयको अध्ययन गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ र देशका बुद्धिजीवी, समाजशास्त्री वा मनोवैज्ञानिकको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ ।

    समाचारपत्रमा प्रकाशित समाचारको विवरणअनुसार बालिकाको आफ्नै परिवारको नाता पर्ने व्यक्तिसमेतले उनलाई मकैबारीमा लगेर सामूहिक रुपले बलात्कार गरे र उनलाई हत्या गर्नको लागि भिरबाट फालिदिए । उनी गएर एउटा रुखमा अड्किएको देखेपछि उनलाई रुखबाट झारेर ढुंगाले टाउकोमा हानेर अनुहारसमेत नचिन्ने गरेर वनमा फालिदिए । कति क्रुर र हृदयविदारक थियो त्यो घटना ।

    थाह भएअनुसार उक्त बालिकाका आमा र बुबा दुबै वैदेशिक रोजगारीमा गएका थिए र उनीहरू आफ्ना दिदीभिनाजुसित बस्ने गर्दथिन् ।

    त्यसरी आफ्ना अभिभावकहरूू विदेशमा भएको अवस्थामा एउटी बालिकामाथि त्यस प्रकारको बर्बर अत्याचार गरिएको थियो । त्यो अपराधका लागि जिम्मेवार व्यक्तिहरूमाथि प्रहरीले कारबाही सुरु गरिसकेका छन् तर त्यो घटनाको सामाजिक र मनोवैज्ञानिक पक्षमाथि विचार गर्दा त्यस प्रकारका अपराधको रोकथामका लागि ठोस र प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकताप्रति हामीले सरकारको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ । अब सिन्धुपाल्चोककी ती तामांग बालिकाको मृत्यु भइसकेको छ । अब उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नु, उनका सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु र उक्त अपराधका लागि जिम्मेवार व्यक्तिहरूलाई दण्डसजाय दिनुबाहेक केही बाँकी रहेको छैन तर देशभरका अरु बालिकाहरूप्रति पुनः त्यस प्रकारको अन्याय हुन नपाओस्, त्यसको लागि सरकार र सम्पूर्ण समाजको गम्भीर जिम्मेवारी हुन जान्छ । यो साँच्चिकै दुःखको कुरा हो कि निर्मला पन्तको बलात्कार र हत्यापछि पनि त्यस प्रकारका घटनाको सिलसिला रोकिएको छैन ।

    सिन्धुपाल्चोको घटनापछि त्यस प्रकारको सिलसिला अगाडि बढ्न नपाओस्, त्यसका लागि हामी सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।”

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.