काठमाडौँ । अखिल (छैठौं) सहितका १३ विद्यार्थी सङ्गठनले अमेरिका र इजरायलद्वारा इरानमाथि थोपरिएको युद्धको विरोधमा प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलामा २०८२ असार १० गते मङ्गलबार उनीहरूले सो कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा मन्तव्य राख्दै अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसीले साम्राज्यवादी अमेरिकाले विश्वस्तरमा आफ्नो साम्राज्य फैलाउने प्रयासमा लागिरहेको धारणा व्यक्त गर्नुभयो ।

‘अमेरिकी साम्राज्यवादले हतियारको विक्री गर्ने, कमजोर मुलुकमाथि आक्रमण गर्ने र त्यहाँका प्राकृतिक सम्पदामाथि वक्रदृष्टि लगाउने गरेको छ’ जिसीले भन्नुभयो– ॅफासिवादी इजरायल सरकार अमेरिकाको कठपुतलीको रूपमा काम गरेको छ ।’
इरानमाथिको युद्धले सर्वसाधारण र जनताको कत्लेआम गरेको सन्दर्भ जोड्दै उहाँले साम्राज्यवादले प्रायोजन गर्ने यस प्रकारका अन्यायपूर्ण युद्धलाई विश्वका शान्तिप्रिय जनताले जुनसुकै स्थिति र अवस्थामा खारेज गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकाल, अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सि, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठ, अखिल क्रान्तिकारीका संयोजक महेश श्रेष्ठ र अखिल क्रान्तिकारिका अध्यक्ष बीरेन्द्र शाहलगायतले सम्बोधन गर्नुभएको थियो ।
