अर्घाखाँची, ५ असार । अर्घाखाँची जिल्लाको भूमिकास्थान– ३, हिले बरारुख निवासी नरहरी पौडेल (क. बादल)को असार ४ गते ५४ बर्षको उमेरमा निधन भएको छ ।
नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चामा आवद्ध भएर कम्युनिष्ट आन्दोलन र परिवर्तनको आन्दोलनमा योगदान पुर्याउनुभएका क. बादललाई नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर मृत्यु पर्यन्तको सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका नेताहरू शेरबहादुर वि.सी., भूमिकास्थान नगरप्रमुख झविलाल थापा, नेता सागर के.सी., भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडे, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम पन्थी, अन्टुक केन्द्रीय उपाध्यक्ष गोविन्द वि.सी., भूमिकास्थान–३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, नेकपाका नेता खेम घर्ती लगायतले नरहरी पौडेल (क. बादल)को पार्थिव शरीरमा टीका र फूल राखेर श्रद्धाञ्जली दिनुभएको थियो ।
शोकसभापछी उहाँको बुधबार नै गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।
केही तस्बिरहरुः



