• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्यालेस्टाइनको पक्ष लिएकाले इरानमाथि इजरायली आक्रमण : राजमो


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्यालेस्टाइनको पक्ष लिएकाले इजरायलले इरानमाथि आक्रमण गरेको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ असार ४ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    प्यालेस्टाइनमाथि इजरायली आक्रमणको सहउत्पादनको रूपमा इरानमाथि आक्रमण भएको बताउँदै राजमोले त्यो आक्रमणका लागि इजरायलको पक्षपोषण गर्ने अमेरिकी साम्राज्यवादको पनि विरोध गरेको छ ।

    इरानसित आणविक शक्ति रहेको नाममा अमेरिकाले आफूसित रहेको आणविक शक्ति जोगाउने लक्ष्य राखेको धारणा राजमोको वक्तव्यमा उल्लेख छ ।

    इजरायलमा रहेका नेपालीको सुरक्षाबारे गम्भीर हुन सरकारसित आग्रह गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले उत्पन्न युद्धको स्थितिमाथि राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणका सम्बन्धमा राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरेका छौँ ।

    १. इरान र इजरायलका बिचमा चलेको युद्ध प्यालेस्टाइन जनताको मुक्ति आन्दोलन र त्यसमाथि इजरायलद्वारा भइरहेको दमनद्वारा उत्पन्न स्थितिको सहउत्पादन हो । इरानले प्यालेस्टाइनको पक्षमा र इजरायलको आक्रमणकारी नीतिका विरुद्ध लगातार सम्झौताहीन र दृढ नीति अपनाउँदै आएको छ । त्यसका साथै मध्यएसियाका कैयौँ देशले वा सशस्त्र समूहले इजरायलका विरुद्ध लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । त्यसैले मध्यसियाका कैयौँ देशसित इजरायलको शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ ।

    २. इरानले प्यालेस्टाइनको पक्षमा इजरायलको आक्रमणकारी नीतिको विरोध गरेका कारणले नै इजरायलले इरानमाथि हालै ठुलो आक्रमण गरेको छ । इरानथिको आक्रमणका पछाडि इजरायललाई अमेरिकाको समर्थन रहेको छ । त्यसैले राष्ट्रिय जनमोर्चाले इजरायलले इरानमाथि गरेको आक्रमणको कडा शब्दमा विरोध तथा भर्त्सना गर्दछ । त्यसका साथै इरानमाथि आक्रमण गर्न इजरायललाई पक्षपोषण गर्ने अमेरिकाको साम्राज्यवादी नीतिको पनि कडा शब्दमा भर्त्सना गर्दछ ।

    ३. मध्यएसियामा इरान आणविक हतियारको उत्पादक मुलुक मानिन्छ । त्यस क्षेत्रमा इरान आणविक शक्तिसम्पन्न राष्ट्र बन्ने दिशातर्फ अग्रसर छ । इरानको आणविक शक्तिसम्पन्न बन्ने योजनालाई ध्वस्त गर्नका लागि नै अमेरिकाको पृष्ठपोषणमा इजरायलले इरानमाथि आक्रमण गरेको कुरामा कुनै शङ्का छैन । आणविक हतियारका कारण सम्पूर्ण मानवजातिलाई नै गम्भीर खतरा भएको कुरामा पनि कुनै शङ्का छैन । त्यसैले हाम्रो दलले विश्वव्यापी रूपमा आणविक हतियार नष्ट गर्नुपर्ने कुरामा जोड दिन्छ । अमेरिकाले आफ्नो आणविक शक्तिलाई कायम राखेर अन्य मुलुकको आणविक शक्तिलाई ध्वस्त पार्न चाहन्छ । त्यो अवस्थामा एकतर्फी रूपमा इरानले आणविक हतियार बनाउन थालेको हुनाले इरानमाथि गरिएको आक्रमणलाई न्यायसँगत भन्न सकिन्न ।

    ४. इजरायलद्वारा इरानमाथिको आक्रमणको उद्देश्य प्यालेस्टाइनी जनतालाई उनीहरूका न्यायपूर्ण अधिकारबाट वञ्चित गर्नु र मध्यएसियामा अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम गर्नु नै हो ।

    ५. इरान–इजरायलबिचको युद्धका कारण इजरायलमा ठुलो सङ्ख्यामा बसिरहेका नेपालीको सुरक्षाको प्रश्न पनि गम्भीर रूपमा अगाडि आएको छ । त्यहाँ बसोबास गरिरहेका नेपाली जनताको सुरक्षाका लागि आवश्यक ध्यान दिन हामीले नेपाल सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.