संगिन श्रीस मगर
Advertisement
नेपालको साहित्य भण्डारमा
महत्त्वपूर्ण योगदान दिनुभयो ।
सयौँ पीडा र दुःख सहेर पनि
नेपाली साहित्य कोर्नुभयो ।।
आफ्ना दुःख, पिर बिर्सेर
नेपाललाई चिनाउनुभयो ।
साहित्य अगाडि बढाई
नेपालीपन राख्नुभयो ।।
जटिल रोगहरूले गाँजे पनि
अमूल्य साहित्य रच्नुभयो ।
सशक्त विचार प्रस्तुत गरी
गरिबीको विरोध गर्नुभयो ।।
उत्कृष्ट कृति रचना गरेर
नेपाललाई धनी बनाउनुभयो ।
बहुमूल्य योगदान दिएर
नेपालमा अमर रहनुभयो ।।