• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानमाथिको आक्रमण प्यालेस्टाइन युद्धको सहउपज : मसाल


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले इरानमाथि इजरायलको आक्रमणलाई प्यालेस्टाइन युद्धको सहउपज बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा प्यालेस्टाइनी जनताको आफ्नो भूमिका वापसी र स्वतन्त्र सार्वभौम राष्ट्रको निर्माणपछि नै सो समस्याको समाधान हुने बताइएको छ ।

    प्यालेस्टाइनका साथै इरानमाथि इजरायलद्वारा थोपरिएको युद्धको विरोध गर्दै पार्टीले अमेरिकी साम्राज्यवाद र इजरायली साम्राज्यवादको पनि विरोध गरेको छ ।

    प्यालेस्टाइनमा मानवतामाथि आक्रमण भइरहेको बताउँदै मसालले इजरायलमा नेपालीको सुरक्षामा ध्यान दिन पनि आग्रह गरेको छ ।
    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले उत्पन्न युद्धको स्थितिमाथि नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । इजरायल राज्यको स्थापना नै अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेस्टाइनको भूमिमाथि आक्रमण र उनीहरूलाई त्यहा“बाट जबर्जस्तीपूर्वक निष्काशनपछि गरिएको थियो । त्यसरी इजरायल राज्यको स्थापनामा नवजातिको नै अत्यन्त अमानवीय र क्रुर कारबाहीको परिणाम हो । इजरायल राज्यको स्थापनापछि प्यालेस्टाइन जनताले करिब साढे सात दशकदेखि आफ्नो मातृभूमिको मुक्तिको लागि सङ्घर्ष गर्दै आएका छन् भने इजरायलले अमेरिकी साम्राज्यवादको मदतमा उनीहरूमाथि दमन गर्दै आइरहेको छ । प्यालेस्टाइनको मुक्ति आन्दोलन मानवजातिको इतिहासको नै अत्यन्त कठिन र लामो मुक्ति आन्दोलन हो । अहिलेका इरान र इजरायलका बिचमा चलेको युद्ध पनि त्यही प्यालेस्टाइन जनताको मुक्ति आन्दोलन र त्यसमाथि इजरायलद्वारा भइरहेको दमनद्वारा उत्पन्न स्थितिको सहउपज हो । त्यो समस्याको समाधान प्यालेस्टाइनी जनताको आफ्नो भूमिमा वापसी र उनीहरूको स्वतन्त्र सार्वभौम राष्ट्रको निर्माणपछि नै हुनेछ ।

    प्यालेस्टाइनको स्वतन्त्र र सार्वभौम राष्ट्र निर्माणको अर्थ अवश्य पनि इजरायलमा बसोबास गर्ने यहुदी जनतालाई राज्यविहीन बनाएर धपाउने हुनेछैन र उनीहरूको पनि एउटा स्वतन्त्र राज्य निर्माणको आवश्यकतालाई हामीले समर्थन गर्दछौँ । वास्तवमा प्यालेस्टाइनी जनता र इजरायलको बिचमा जुन शत्रुतापूर्ण सम्बन्ध कायम भएको छ, त्यसको मुख्य कारण अमेरिका र त्यसको साम्राज्यवादी नीतिलाई कार्यान्वयन गर्ने इजरायलको प्रतिक्रियावादी सरकारको भूमिका नै हो । अमेरिकी साम्राज्यवाद र इजरायलको प्रतिक्रियावादी सरकार दुबै नै प्यालेस्टाइनी र यहुदी जनतासमेतको साझा दुस्मन हुन् । ती दुबैबाट प्यालेस्टाइनी र यहुदी जनतासमेत मुक्त हुन सके मात्र उनीहरूका बिचमा शत्रुतापूर्ण सम्बन्धका लागि कुनै कारण बाँकी रहने छैन र दुबैका बिचमा मैत्रीपूर्ण सम्बन्ध कायम हुनेछ ।

    अमेरिकाको इजरायल राज्यको स्थापनाका पछाडिको उद्देश्य सम्पूर्ण मध्यएसियामा आफ्नो प्रभुत्व कायम गर्नु नै मुख्य रहेको छ । अमेरिकाले एकातिर, मध्यएसियाका कैयौँ देशमा आफ्ना सैनिक अखडा कायम गरेको छ भने अर्कातिर, इजरायललाई मध्यएसियामा आफ्नो प्रभुत्व कायम गर्नका लागि किल्लाको रूपमा प्रयोग गरिरहेको छ ।

    इजरायल राज्यको स्थापना प्यालेस्टाइन जनतामाथिको घोर अन्यायपूर्ण दमनमाथि कायम भएको छ । त्यसैले मध्यएसियाका कैयौँ देश मात्र होइन, संसारका पनि धेरै न्यायप्रेमी जनताको प्यालेस्टाइनी जनताको न्यायपूर्ण आन्दोलनप्रति समर्थन छ । यस सन्दर्भमा यो कुराको पनि उल्लेख नगरीकन रहन सकिँदैन कि मध्यएसियाका कैयौँ देशले वा सशस्त्र समूहले इजरायलका विरुद्ध लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । प्यालेस्टाइनी जनतामाथिको इजरायलको दमनको नीतिको विरोध गर्दै आएका छन् । त्यसैले मध्यएसियाका कैयौँ देशसित इजरायलको शत्रुतापूर्ण सम्बन्ध रहेको छ । प्यालेस्टाइनी जनतामाथिको आफ्नो आक्रमणकारी नीतिलाई निरन्तरता दिन इजरायलले मध्यएसियाका कैयौँ देश वा विभिन्न सशस्त्र समूहमाथि आक्रमण गर्दै आएको छ । इरानले प्यालेस्टाइनको पक्षमा र इजराइलको आक्रमणकारी नीतिका विरुद्ध सम्झौताहीन र दृढ नीति अपनाउँदै आएको छ । त्यसैले इजरायलले इरानमाथि हालै ठुलो आक्रमण गरेको छ । हामीले इरानमाथिको इजरायलको त्यो आक्रमणको कडा शब्दमा विरोध, निन्दा र भर्त्सना गर्दछौँ । यो पनि स्पष्ट छ कि इरानमाथिको त्यो आक्रमणका पछाडि अमेरिकाको समर्थन रहेको छ । त्यसैले हामीले अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी नीतिको पनि कडा शब्दमा भर्त्सना गर्दछौँ ।

    अमेरिका वा इजरायलले इरानमाथि गरेको आक्रमणका कारणले त्यो युद्धले विस्फोटक वा विश्वयुद्धको रूप लिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसरी त्यो युद्ध स्थानीय वा क्षेत्रीय प्रकारको युद्ध मात्र नभएर त्यसबाट सम्पूर्ण विश्वको शान्तिमा पनि खलल पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले इरान र इजरायलका बिचमा जुन युद्ध सुरु भएको छ, त्यसको मूल कारण प्रथम– अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेस्टाइनी जनतालाई उनीहरूको मातृभूमिबाट निष्काशित गर्नु र द्वितीय– इजरायलद्वारा इरानमाथि आक्रमण गर्नु नै हो । त्यसकारण अमेरिका तथा इजरायलको विश्वव्यापी रूपमा भर्त्सना गर्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा यो कुरा पनि उल्लेखनीय छ कि नेपाल सरकारले त्यसबारे सधैँ झैँ अहिले पनि स्पष्ट नीति अपनाएको छैन र सामान्य प्रकारले त्यहाँ शान्तिस्थापना गर्नुपर्ने कुरामा नै जोड दिएको छ ।

    अहिले इजरायलले इरानले आणविक हतियार बनाउन थालेको हुनाले नै त्यो योजनालाई ध्वस्त गर्नका लागि इरानमाथि आक्रमण गरेको बताएको छ । अवश्य पनि आणविक हतियारका कारण सम्पूर्ण मानवजातिलाई नै गम्भीर खतरा उत्पन्न भएको छ । त्यसैले हामीले पुनः कुनै राष्ट्रले आणविक हतियार बनाउने होइन, विश्वव्यापी रूपमा आणविक हतियार नष्ट गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छौँ । अहिले पनि हाम्रो त्यही नीति रहेको छ । स्वयम् इजरायलसित पनि आणविक हतियार रहेको कुरा बताइन्छ यद्यपि आधिकारिक रूपमा त्यो कुरा पुष्टि भने भएको छैन । त्यो अवस्थामा खालि एकतर्फी रूपमा इरानले आणविक हतियार बनाउन थालेको हुनाले त्यसमाथि आक्रमण गर्ने कुरालाई अवश्य पनि सही र न्यायसङ्गत भन्न सकिन्न । स्पष्ट छ कि इजरायलद्वारा इरानमाथि आक्रमणको उद्देश्य एकातिर, प्यालेस्टाइनी जनतालाई सम्पूर्ण रूपले उनीहरूको न्यायपूर्ण अधिकारबाट वञ्चित गर्नु र अर्कातिर, मध्यएसियामा इजरायलको माध्यमद्वारा मध्यएसियामा अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम गर्नु नै हो । त्यसैले हामीले अमेरिका वा इजरायलको त्यस प्रकारको साम्राज्यवादी नीतिको कडा शब्दमा विरोध गर्दछौँ ।

    इरानले गाजा क्षेत्रमा प्यालेस्टाइनीमाथि ठुलो पैमानामा नरसंहार गरिरहेको छ । अमेरिका र इजरायलसमेतको रणनीति गाजा क्षेत्रमा प्यालेस्टाइनी जनताको बसोबासलाई सम्पूर्ण रूपले समाप्त गर्नु नै रहेको छ । त्यहाँ अहिलेसम्म पचास हजारभन्दा बढी मानिस—जसमा ठुलो सङ्ख्यामा महिला र केटाकेटी पनि छन्—को हत्या भइसकेको छ र इजरायली सरकारले त्यहाँ खाद्यान्नको आपूर्तिमा पनि बाधा हाल्ने प्रयत्न गर्दै आएको छ । त्यहाँ अस्पताल र शिक्षण संस्थालाई पनि ठुलो सङ्ख्यामा नष्ट गरिएको छ । त्यो मानवीय समस्याप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    इजरायलमा ठुलो सङ्ख्यामा नेपाली बस्दछन् । अहिले इरान र इजरायलको बिचमा भइरहेको युद्धका कारणले उनीहरूको सुरक्षाको प्रश्न पनि गम्भीर रूपमा अगाडि आएको छ । त्यसप्रति ध्यान दिनका लागि पनि हामीले नेपाल सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ ।”

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.