• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खर्च कटौतीको प्रस्ताव राख्दै पौडेलले भन्नुभयोः जनतालाई भोकै राखेर नेताले मोजमस्ती गर्न मिल्दैन


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारको खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नौ जना सांसदको तर्फबाट पौडेलले विभिन्न मन्त्रालयसँग सम्बन्धित खर्च कटौतीको प्रस्ताव राख्नुभएको हो ।

    Advertisement

    त्यसक्रममा सांसद पौडेलले जनता रोग र भोकले मरिरहेका तर सत्तामा बस्नेहरुले नयाँ नयाँ गाडी खरिद गरी मोजमस्ती गरिरहेको आरोप लगाउनुभयो । विनियोजन विधेयकमाथि धारणा राख्दै उहाँले मन्त्रालयगत उदाहरण दिँदै फजुल खर्च कहाँ कहाँ छ, त्यो कटौती हुनुपर्ने बताउनुभयो ।

    पौडेलले संसदमा गरेको सम्बोधनलाई सम्पादन गरी यहाँ प्रस्तुत गरिएको छ ।
    ‘सरकारको प्रतिवद्वता ‘समाजवाद उन्मुख’ छ, तर भूमि सम्बन्धी सामन्ती संरचना बदलेको छैन । सामन्तहरुबाट बिना मूआब्जा जमिन खोसेर सरकारले भूमिहीन किसानहरुलाई वितरण गर्नु पर्नेमा त्यो गरिएको छैन । सहकारीको स्थापना उसको उद्देश्य विपरीत पूँजिकरण गर्दै लगिएको छ ।

    खानेपानी मानिसको नैसर्गिक आधिकार भित्र पर्दछ । सरकारले जनतालाई पानी दिन सकिरहेको छैन । मेलन्चीको पानी यो वर्ष प्रस्तुत हुन्छ, आउँछ भन्छ । अनि फेरि अर्को वर्ष प्रस्तुत हुन्छ, अर्को वर्ष आउँछ भन्दाभन्दै वर्षौं बितेको छ । तराईमा एउटा उखान छ, ‘जति हिँडे पनि कती टाढा छ भन्दा एक कोस बा’ भने जस्तै हरेक वर्ष आउने वर्ष भन्दै ‘आकाशको फल आखाँ तरि मर’ भनेको स्थिती खानेपानीमा भएको छ ।

    प्रायजसो विकास निर्माणका लागि ठेकेदारलाई दिएको ठेक्काको म्याद अनुसार पुरा हुँदैन । कतिपय ठाउँमा पुलहरु हावाले उडाएर लगिदिन्छ । त्यस्तो गैर जिम्मेवारी तरिकाले भएको क्रियाकलापमा उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने, त्यसो गरेको देखिँदैन । हरेक वर्ष त्यही क्रियाकलाप दोहरी रहेको देखिन्छ ।

    महिला हिंसाका घटना बढ्दै गएको देखिन्छ । तर मुद्द समयमा सुनुवाई हुँदैन । मुद्दाको फाईल कहिले ओपन हुन्छ भन्दा भन्दै त्यो व्यक्तिको मृत्यु नै भैसकेको हुन्छ । त्यस्तो अवस्थासम्म पनि मुद्दना छानबिन भएको पाइँदैन । यो अत्यन्त जटिल समस्या हो । वास्तवमा फाष्ट ट्रयाकबाट मुद्दालाई फर्छयौट गरिनु पर्ने थियो ।

    पारिवारीक अदालतको व्यवस्था गरिनु पर्ने, त्यो भएको छैन । जेष्ठ नागरीकहरुको हकमा केही हदसम्म मागहरु सम्बोधन त भयो तर कार्यान्वयनमा आएन । त्यसलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याउनको लागि ठोस किसीमको कुनै कार्यक्रम आएको देखिँदैन ।

    अहिलेसम्म सर्वोच्च अदालतले विदेशस्थित नेपालीहरुलाई सम्मन्धित देशबाटै मतदानको व्यवस्था गर्न आदेश जारी गरेको थियो । तर त्यो आदेशलाई अहिलेसम्म पालना गरेको पाइँदैन ।

    सत्य निरुपन तथा मेलमिलाप आयोगको नाममा मानव अधिकारको गम्भीर उल्लंघन गर्नेहरुलाई माफी दिन हुँदैन त्यो विषयलाई पनि कडाइपूर्वक लागू हुनु पर्नेमा भएको छैन ।

    युवाहरुलाई तलैबाट स्वस्थ बनाउँदै, तन्दुरुस्त बनाउँदै, आधारभूत रुपमा खेलबाटै लैजानु पर्ने योजना पनि आएको छैन ।
    अहिले देशको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको लागुऔषधका कारणले युवा पिंढीलाई नै ध्वस्त बनाइ रहेको अवस्था छ । त्यसलाई रोक्नको निम्ति र विभिन्न अभियान सहितको कार्यक्रम ल्याउनु पर्ने, त्यो ल्याउन सकेको छैन ।

    यस्तै, शहरी विकास मन्त्रालय अन्तरगत सम्भावित सहर स्थापना गर्न सकिने स्थानको छनौट बैज्ञानिक मापदण्डको आधारमा गर्नुपर्नेमा त्यो पनि गर्न सकेको पाईंदैन । यसप्रकार मन्त्रालयहरुको खर्च कटौती गर्ने प्रस्ताव पेश गर्दछु ।’

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.